Saturday, December 7, 2013

सिन्धुपाल्चोकमा गजलः विगतदेखि वर्तमान

किशमा किशोर

गजल आधुनिक नेपाली साहित्यजगतमा अत्यन्तै प्रभावकारी विधाका रुपमा देखापरेको छ । वर्तमान नेपाली साहित्य सिङ्गै गजलमय भएको कुरालाई नकार्न मिल्दैन कारण अचेल हरेक तह र तप्काका व्यक्तिहरु गजल मन पराउँछन् । यसै सिलसिलामा राजधानीबाट नगिचै रहेको सिन्धुपाल्चोकमा पनि गजलको लोकपि्रयता शृङखलाबद्धरुपले दिनदुगुना रात चौगुना हँुदै गएको देखिन्छ ।
जिल्लाको वर्तमान साहित्यिक परिदृष्यमा गजल लोकपि्रय बनेको छ । जिल्लाका स्रष्टाहरु जिल्लाबाहिर र मुलुक बाहिर बस्ोर जिल्लाको गजल साहित्यलाई उँचोतर्फ धकेल्ने चेष्टा गरिरहेका छन् । जिल्लाका स्थापित एवं पुराना साहित्यकारहरु पनि जो गजललाई उपेक्षा गर्थे । उनीहरु पनि अचेल गजल भनेपनि हुरुक्कै हुन थालेका छन् । हरेक साहित्यिक कार्यक्रमहरुमा स्रोता बनेर गजल सुन्न लालायित हुन थालेका छन् । वस्तुतः गजलकै लागि अहोरात्र खटिईरहेका छन् । जिल्लामा गजलको सिङ्गो कृतिको इतिहास भने धेरै पुरानो छैन । गजल नेपालमा भित्रिएको झण्डै एक शताब्दीभन्दा पनि पछाडि मात्र सिन्धुपाल्चोकका गजल अनुरागीहरुले गजल पढ्ने अवसर पाए । ३० को दशकबाटै सिन्धुपाल्चोकका स्रष्टाहरुको गीतमा गजलको झल्को नआएको भने होईन । त्यसलाई विभिन्न स्रष्टाहरुले गीतल भनेर परिभाषा पनि गरेका छन् । ५० को दशकमा सिन्धुपाल्चोकमा गजलकृति लोकार्पित भयो । फूटकरलाई छोडेर जिल्लामा पहिलो कृतिका रुपमा २०५५ सालमा ुढुङ्गाको मनु गजलकार गोविन्द नेपालले प्रकाशन गरेको अभिलेख सिन्धु साहित्य अभिलेखालयमा छ । सिन्धु साहित्यको गजल इतिहासमा ुढुङ्गाको मनुबाट कृतिको पदार्पण भएपछि तीव्र रुपमा साहित्यको गजल विधा फस्टाउन थाल्यो ।
त्यसपश्चात् जिल्लामा शुक्रप्रसाद आचार्यको ुजनता जिन्दावादु सरु कालीको ुस्मृति स्पर्शुले सिन्धु गजल साहित्यको भूमिमा स्पर्श गर् यो । ६० को दशकदेखि सिन्धु साहित्यमा गजल विधा फस्टाउनुमा कि्रयाशील गजल स्रष्टाहरुको विशेष योगदान देखिन्छ । जीतेन्द्र श्रेष्ठ ुरसिकु र दीपेन्द्र श्रेष्ठ ुउदासुको हृदयस्पर्शी छालहरु किशमा किशोरको मरुभूमिको साहित्य यात्रा र जूनका आभाहरु कमला थापाको गाथासो विनोदकुमार श्रेष्ठको म भित्रका रोदनहरु सुरेश बुढाथोकीको ज्वारभाटा ओमकुमार श्रेष्ठको यात्रा जिन्दगीको झलक खत्रीको रसरङ्गलगायतका गजल कृतिले सिन्धुपाल्चोकको गजललाई माथि उठाएको कुरालाई कसैले नकार्न सक्दैनन् । गजल विधामा हात चलाउने अन्य स्रष्टाहरुमा राम के।सी सुनिता कार्की शर्मिला सिग्देल माधव खतिवडा कल्पना श्रेष्ठ प्रतिमा न्यौपाने सुन्दर शिरीष कला अनुरागी अपराजित दिपक बुढाथोकी सुभद्रा ढकाल जस्ता प्रतिनिधी गजलस्रष्टाहरुको योगदानलाई पनि कम आँक्न मिल्दैन ।
जिल्लामा गजलको क्रेज दिनप्रतिदिन बढ्दै गएपछि नारी हस्ताक्षर पनि बढ्दो छ भने गजल प्रधान संस्था÷पत्रिका समेतको स्थापना-प्रकाशन भएको छ । किशमा किशोरको संयोजकत्वमा गठन भएको गजल सिन्धु सिन्धुपाल्चोकले जिल्लामा गजलको उत्थानका लागि कार्य गर्दै आईरहेको छ भने मासिक रुपमा ुगजल सिन्धु गजलप्रधान मासिक प्रकाशन भएकै हो । जिल्लामा जुन रफ्तारमा गजल बढेको छ । त्यही अनुपातमा स्तरीय गजल पाउन भने गजल प्रेमी पाठकहरुलाई अझै केही समय कुर्नुपर्ने हुन्छ । तर अन्त्यानुप्रास मिलाएका भरमा वा मात्रिक गणनाको आधारमा मात्र गजल-गजल रहन सक्दैन ।
यही शृङ्खलाको सेरोफेरोमा यहुका स्थानीय पत्रपत्रिकातिर कैंयौ गजलहरु देख्न पाईन्छ । गजल सिर्जना गर्नु आफैमा प्रशंसनीय काम हो तर गजल सिर्जना गर्नुहुने महानुभावहरुले गजल सिर्जना गर्दा गजल सम्बन्धि सामान्य नियमलाई समेत ख्याल नगरेको पाईन्छ । गजल शास्त्रीयनियममा रहेर लेखिने विधा हो । जसमा लघुता गेयता सरलता प्रतिकात्मता शालिनता जस्ता विशेषताहरु अनिवार्य हुन्छन् । गजलको सामान्य संरचनामा पनि ख्याल नगरी रचिएको गजल अन्ततःफजलमा रुपान्तर हुन्छ । केही नमूना हेरौं ।
धेरै कुरंे साँझ विहान तिमीलाई पधेँरीमा
दुस्मनले सिमा मिच्दा भूलिबसंे किन
देउरालीमा सबैकुरा पोख्छु भन्थे पहिले
भेटहुनुपूर्व मनका धड्कन बढ्दैछ किन
सन्ध्या मगर
त्यस्तै अर्काे शेर अवलोकन गरौं ।
तिमीलाई सोच्थें पहिला सपनीमा
आज विपनीमा भेटें अनि सम्झें
असल एकल यात्री
स्थानीय पत्र-पत्रिकामा गजल शिर्षक दिएर प्रकाशित भएका प्रस्तुत रचनाहरु त फजल पनि होईनन् । बरु यस्ता रचनाहरुलाई गीत या कविता चाँही भन्न सकिन्छ । यस्ता रचनाहरुमा सम्पादकज्यूको आँखा नजानु दुःखको कुरा हो । यसको मतलब नयाँ सर्जकहरुलाई हतोत्साहित गराउने मेरो उद्देश्य होईन । गजल लेख्ने महानुभावहरुले गजल संरचनाको सामान्य जानकारी राख्नुपर्छ है भन्ने मेरो आग्रह मात्र हो ।
त्यस्तै अर्को गजल ः
एकमाथि अर्काे चोट थपिरहन्छ सधैं
अस्ताउँदो लालीघामको उदय रैुछ जीवन
हजारथरी सपनाहरु आँखाभरि सजाएुिन
भत्किएको बाटोमा गरिएको यात्रा रैुछ जीवन
साङ्गे लामा
प्रस्तुत गजल शिर्षक दिएर प्र्रकाशित भएको रचनामा पहिलो शेरको दोश्रो मिसरामा आएको उदय गजलको काफिया हो भने रैुछ जीवन रदिफ हो । यहाँ स्पष्टै देखिन्छ दोश्रो शेरमा काफिया नै छैन । गजल भनेर रचनागर्दा काफिया नभएको रचना गजल हुन सक्दैन । गजल स्रष्टाले यस्ता पक्षहरुमा ध्यान दिनु पर्दछ ।
सातौं शताब्दीतिर अरबी मुलबाट लेखन आरम्भ भएकॊ गजल उर्दु हिन्दी हुँदै वि।स।१९३८मा यूवाकवि मोतिराम भट्टले नेपाली साहित्याकासमा िभœयाएका थिए । वि।स।१९९६ सम्म तीव्र रुपले विकास भएको गजल त्यसपश्चात् झण्डै तीन दशकसम्म ओझेल परेको थियो । यसरी छाँयामा परेको गजललाई वि।स।२०३६ मा ज्ञानुवाकर पौडेलले गजल सिर्जना गरी पुर्नजागृत गराई हामीमा ठूलो गुन लगाएका छन् । त्यसपछी गजलले पछाडि फर्केर हेर्नुपरेको छैन त्यसैले वि।स।२०३६ सालतिरको समयलाई नेपाली गजल इतिहासमा गजलको पुर्नजागरण काल भनिन्छ ।
अरबी भाषामा गजलको शाब्दिक अर्थ यस्तो हुन्छ ।
ग=वाणीज=स्त्रीअल्=वार्तालाप
अर्थात् नारीसँग गरिने प्रेममय वार्तालाप नै गजल हो । सुरु सुरुमा गजल प्रेम र नसाका विषयहरुमा लेखिए पनि हाल आएर गजलले समसामयिक राजनिति सामाजिकलगायत अन्य विषयहरुमा शसक्त रुपमा बोल्न थालेका छन् । गजल सिर्जना गर्दा मात्रा मिलाएर गरिनुपर्छ । शेरको पहिलो हरफ मिस्रा ए उला मा जति मात्रा छन् दोश्रो हरफ मिस्रा ए सानी मा पनि उत्ति नै मात्रा हुनुपर्दछ । तर हाल आएर केही गजलकारहरुले मात्रा नमिलाई गजलसिर्जना गरेका छन् जसवाट गजलको वाचन र गायन पक्ष कमजोर हुनपुगेको छ । फलस्वरुप यसको सुन्दरतामा पनि कमी आएको देखिन्छ । तसर्थ गजलको संरचनाको वारेमा छोटकरीमा केही वुझौं ः
१ शेरः गजलका प्रत्येक जोडी पंक्ति अर्थात हरेक दुई हरफलाई शेर भनिन्छ । उदाहरण जस्तैः
समिपमा नआउ भो अव एक्लै वाँच्न सिक्छु
सामिप्यको गहिराई अव आफैं जांच्न सिक्छु
अपराजित
२ रदिफः मत्लाका दुवै मिस्रा र अन्य शेरहरुको मिस्रा-ए-सानीमा काफियाभन्दा पछि प्रयोग हुने उहि अक्षर वा अक्षर समूह रदिफ हो । यो काफियाको ठिक पछाडि प्रयोग हुन्छ । रदिफ विना पनि गजल लेख्न सकिन्छ । रदिफ प्रयोग भएको एउटा गजल हेरौं ।
बनाई झर्को अरुलाई चलेर नवस भो
खेपाई सास्ती झनै अहो ! छलेर नवस भो
प्रतिमा न्यौपाने
यस शेरमादुवै शेरमा आएको ुनवस भोु रदिफ हुन ।
३ काफिया ः काफिया गजलको मुटु हो । यो विना गजलको कल्पना पनि सम्भव छैन । रदिफभन्दा अगाडि प्रयोग हुने अनुप्रासयुक्त अक्षर वा अक्षर समूहलाई काफिया भनिन्छ । एउटै गजलमा काफिया दोहोर् याएर लेखिदैन !
भो भयो भन्दै टारेको जिन्दगी यो
आफ्नै प्रेममा हारेको जिन्दगी यो
प्रुेस आजाद
प्रस्तुत शेरमा टारेको हारेको काफिया हुन् । जुन अनुप्रासयुक्त छन् ।
४मत्ला ः गजलको पहिलो शेरलाई मत्ला भनिन्छ । मत्ला भन्नाले प्रारम्भ भन्ने बुझिन्छ । एउटै गजलमा दुई शेरका मत्ला पनि हुन्छन् । मत्लाका दुवै मिस्रामा प्रायः रदिफ र काफियाप्रयोग हुन्छन् ।
अतालिन्छ मन मेरो हावाले झंै झोकािदंदा
वेहोसिएँ मेरो माया लत्याएर धोकािदंदा
अनुषा गौतम
प्रस्तुत शेर गजलको मत्ला शेर हो । जहाँ शेरको दुवै मिस्रामा रदिफ र काफियाप्रयोग हु्न्छ ।
५ मक्ता ः गजलको अन्तिम शेर मक्ता हो । यसले समाप्ती भन्ने बुझाउँछ एउटा मक्ता शेरको अवलोकन गरौं ।
टाढा हुँदा बढेको त्यो पिर व्यथा विसाउन
सारंगी म बनिदिन्छु रेट्न आउ गोधँुलीमा
-रचना थापाप्रस्तुत शेर गजलको मक्ता शेर हो ।
६ तखल्लुस ः तखल्लुस भन्नु नै गजलकारको नाम वा उपनाम हो । यो प्रायःगजलमा चमत्कार ल्याउन प्रसंग मिलाएर राख्ने गरिन्छ । द्धिअर्थ लाग्ने गरी तखल्लुस प्रयोग गरे झन् राम्रो हुन्छ । यो गजलको अनिवार्य तत्व भने होईन ।
साँच्चै सानु हाम्रो मिलन देखेपछि आज
रमाएर ुचन्द्रु ले पनि नसा पिउँदैछ हेर ।
चन्द्र थिङ७ बहर ः यो गजलको अनिवार्य तत्वहो । बहर विना गजलको रचना सम्भव छैन । बहर भन्नु नै गेयता र गजलको अनुशासन हो । वहर भन्नु नै छन्द हो । गजल साहित्य र संगीत संग सम्बन्धित विधा भएकोले गजल गाउन सजिलो होस् भन्ने हेतुले गेयतालाई मध्यनजर गर्दै वहरको मान्यतामा गजलको निर्माण गर्नुपर्छ ।
जिल्लामा साहित्यको गजल विधा जति फस्टायो । र जति फस्टाउने अवस्थामा छन् ति सबै सन्तोषजनक रहेका छन् । जिल्लाबाट प्रकाशित साहित्यिक पत्रिकाहरुमा स्पन्दन साहित्यिक मासिक जमघट द्वैमासिकलगायतले जिल्लाका गजलस्रष्टाका गजलहरुलाई प्राथमिकता दिएर प्रंकाशित गर्नुले पनि गजलको उत्थानमा पत्रिकाहरुको योगदान छ । जिल्लाका विभिन्न विद्यालयहरुमा पनि गजलको क्रेज बढ्दो अवस्थामा रहेकाले सिन्धुपाल्चोकमा गजलको भविष्य उँचो देखिन्छ ।

लेखक गजल सिन्धु सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष हुन् ।

No comments:

Post a Comment