किशमा किशोर
kishmapari@gmail.com
‘बाबु कविता लेख्दै हो ‘
‘हैन दाई समाचार हो ।’
‘समाचार’
उनी आश्चर्यमा परेको उनको अनुहारको प्रकृतिले बताईरहेको थियो ।
‘बाबु तँ समाचार नलेख् । मैले समाचार लेखेर के पाएँ यि हेर त म जे भएँ समाचार लेखेरै भएँ । मैले कविता मात्र लेखेको भएँ यस्तो हुदैनथ्यो ।’
‘किन र दाई ।’ सानो स्वरमा म बोलें
‘यहाँ समाचार लेखेर बाँच्न दिदैनन् । भावुक काका पनि समाचार लेख्दालेख्दै बित्नुभयो । म यो अवस्थामा छु । भोलि तैले पनि यो अवस्था भोग्नुपर्नेछ यो निश्चित हो । यसैले तँ कविता लेख् । तर समाचार नलेख ।’ मेरो सामु सधैं हाँसिरहने कन्चन दाई आज रिसाए । उनी यसरी रिसाएको मैले कहिल्यै देखेको थिईन । खै ! किन हो । म फेरि समाचार लेख्नपट्टी लागें । उनी ठिङ्ग उभिएर मलाई एकोहोरो हेरिरहॆ ।
‘समाचार नलेख् भनेको सुनिनस् ।’ एकाएक उनी आक्रोसमा आए । मैले समाचार लेखिरहेको कापीका सेता पन्ना झ्यालबाट हुर् याईदिए । पूर्वबाट बतासिदै आएको हावालाई हल्का चुम्वन गर्दै मेरो समाचार काँडाको झ्याङमा बजारिन पुग्यो । मैले झ्यालबाट मेरो समाचारलाई कन्चन दाईको आँखा छलेर हेरें । समाचार मलाई हेरेर रोईरहेको अनुभव गरें । त्यसपल आकाश मेरो समाचारलाई साथ दिईरहेको थियो ।
मलाई भोलि जसरी पनि पत्रिका निकाल्नु छ । मेरा संयौ पाठकका प्रतीक्षित आँखाहरुमा मैले रङ्ग भर्नुछ । एउटा जिम्मेवारी छ मसँग । भोलि बजारमा पत्रिका आएन भने मेरो प्रतिष्ठा त्यही झ्याङ्मा विलीन हुन्छ ।
समाचारलाई कसरी पठनीय कलात्मक र सुन्दर बनाउन सकिन्छ भनेर एउटै समाचारलाई दर्जनौं पटक नियाँलिरहने काचन दाईलाई आज समाचारप्रति किन यति ठूलो वितृष्णा यस्ता प्रश्नहरुले मेरो मनमा आपसी द्वन्द्व गर्न थाले । आज दाईले किन यसो गरें त्यो मैले बुझ्न सकेको थिईन ।
‘दाई ! भोलि त पत्रिका निकाल्नुपर्छ ।’
मेरो वाक्य भूँईमा खस्न नपाउँदै सिक्रोजस्तो नाडी समातेर राता-राता आँखा पार्दै भने- तँ अब मसँग हिँड् । म जहाँ छु तलाई त्यही लान्छु । काकाले समाचार लेखेर के भो मैले लेखेर के भो अब तैले लेखरे के पो गर्लास् ‘
उनले मलाई ताने म उनकै पाईला पछ्याउँदै हिडिरहें ।
पूर्णेको जूनले हाम्रो यात्रालाई सहज बनाईरहेको थियो । उनी अघि-अघि म पछि-पछि
एकछिनको मौन ब्रत तोडे दाईले
‘तँ पनि भोलि म जस्तै आतङ्ककारी हुने त हो नि ‘ आफ्नै साथीहरुले तँलाई टिक्न दिदैनन् । मेरो पत्रकारिता जीवनको पीडा म तँलाई कसरी सुनाऊँ
आतङ्ककारी शब्दले म झसङ्ग भएँ ।
झ्यालबाट सूर्यका पहेंला किरणहरुले मलाई गिज्याईरहेको थियो । काचन दाईले मलाई किन यसो भने । के म पनि समाचार लेख्दालेख्दै उनीहरुकै मा पुग्ने त हैन । मलाई मेरो आफ्नै मृत्युको सम्भावना दुख्न थाल्यो ।


‘भाई इश्वर दाई त मरेछन् नि । हिजो आर्मीहरुले जलवीरेमा मारेछन् ।’
काकाको छोराले मेरो विहानीपखको निन्द्रा भगाईदियो । उसको कुरा मैले अर्धनिन्द्रामै सुनें र बुझेपनि ।
त्यसबखत मैले केही बोलिन । केही सोचिन पनि केवल सम्झें मात्र ।
रातको ठिक ११ बजे । कुकर भुकिरहेका छन् । गटगट आर्मी हिँडेका आवाज मेरो कानमा निरन्तर गुिाजरह्यो । मैले झ्यालबाट चिहाएँ । सुनसान रातमा एक बटालियन सेनाका लस्करले बन्दुक मै पट्टी सोझ्यायो । मुटु आफ्नो ठेगानमा रहेन । टाउको फुत्त तानें अनि नयाँ जीवन पाएको कल्पना गर्दै सिरकमा गुट्मुटिएर सुतें । साँच्चै त्यसबखत आर्मी पुलिसहरुले जस्लाई बन्दुक सोझ्यायो त्यो त्यही ढल्थ्यो ।
त्यही मलाई बन्दुक ताक्ने बटालियनले दाईलाई मारेछन् । मैले यत्ति सोचें ।
रोऊँ रुन सकिएन हाँसौं कसरी मनभने भित्र भित्रै रोईसक्यो । मैले केही बोल्न सकिन ।
काकाको छोरो चुरोट तानिरहेको थियो । म सिरानीलाई अडेस लगाएर त्यत्तिकै टोलाईरहें ।
‘बुबाहरु चौतारा आईसक्नु भो । जलवीरे जाने रे । म तँलाई जाउँ भन्न आएको ।’ चुरोटको अन्तिम सर्काे तानेर मलाई भन्यो-’छिटो उठ् हामी पनि जानुपर्छ । सुनिल दाईहरु पनि आएका छन् ।’ मलाई उसको कुरामा एकरत्ति भ्ाु्यालबाटै बाहिरी परिवेश नियाँले । किन-किन वसन्त ऋतुको मौसम उराठ पनि लाग्यो । आँखाभरि काचनदाईका तस्वीरहरु नाँच्न थाले । उनकै आग्रहमा लेखेको कविता सम्झिएँ । त्यसपल मैले गर्न सोच्न सकेको यत्ति हो ।
हामी सबै जलबीरे पुग्यौ । जलवीरे बजार आफै सुतिरहेजस्तो । बजारका छेउछाउतिर उभिएर हेरिरहेका मान्छेहरु हामीलाई काँचै खाउँला झै गरिरहेका थिए । सायद उनीहरु हामीलाई माओवादी या सुरक्षाकर्मीमध्ये केही सोचिरहेका थिए होलान् । ओसिलो विहानीमा हामी निन्याउँरो अनुहार लगाएर घटनास्थलतर्फ लम्किरहेका थियौं । सडकैसडक एकधुनमा हिडिरहेका हामीलाई त्यो ज्यानमारा घुम्ति आएको पत्तै भएन ।
मूलबाटो भन्दा ५ मिटर जति मुन्तिर खेतमा पानी लैजाने एउटा सुघुरो कुलो । त्यसभन्दा मुनि हरियो चौडिलो चौडिलोको मध्यभागमा घोप्टो अवस्थामा मुढोझैं लडिरहेको एउटा लास…। त्यसभन्दा तल्लो चौडिलोमा कोल्टे फर्केको अर्काे लास… । त्यो भन्दा मुनि ब्रम्हायणी नदीको किनार… । मैले दुवै लासलाई एकनासले हेरिरहें कुन चाँही कन्चनदाई थिए मैले ठम्याउन सकिन । कन्चनदाईको हत्या भएको कारणले आकास रोएको हो या मैले त्यस्तो महसुस गरेको हो मेरो अनुहारभरि पानीका छिटाहरु तप्किरहेका थिए । सानो क्षेत्रफलमा बग्रेल्ती उभिएका सग्ला रुखहरु काचन दाई नउठ्ने गरी सुतेकामा रोईरहेका थिए । तिनै रुखका आँसुहरुले फेदमा उभिईरहेको म माथि क्रम क्रममा भिजाईरहेका थिए मलाई । त्यसबखत मैले नियालेको आकास कालो बादलको आँचलले ढक्क ढाकेको थियो । पारी किनारमा सेता बकुल्लाहरु हामीलाई हेर्दै झोक्राइरहेका थिए । समग्रमा सिङ्गो प्रकृति राईरहेको थियो । हामीसँग एउटै अंगालोमा समाहित भई । हामी सबै एकनासले साँघुरो कुलोमा टक्क अडिईरह्यौं या भनौं लासछेउमा जाने हिम्मत हामी कसैमा थिएन ।
काका तल ओर्लनुभयो । माथिल्लो लासलाई पल्टाउनुभयो । हामी सबैले एकैचोटी सास फेर् यौं । ऊ काचन होईनरहेछ । फेरि तल्लो लाससामु पुगेर टक्क अडिनुभयो । हामीपट्टी हेर्नुभयो । त्यो हेराईले के बतायो कुन्नि हामी सबै एकै साथ काका सामु पुग्यौं ।
उमेरले सबैभन्दा काँचो थिएँ म त्यसैले होला उभिन सकिन । थचक्कै बसें । काकाहरुले लासलाइ पल्टाए । मैले आफैसँग चिहाएर हेरें अनि उठें । लास हत्पति चिन्न सक्ने अवस्थामा थिएन । झुस्स दाह्रीभएको अनुहारलाई सबैले नियाले । जुन लासलाई हामीले हेरिरहेका थियौं त्यसको दुईवटा दाँत बाहिर निस्केको देखियो अब सबैलाई विश्वास भयो र सत्य पनि । त्यो कन्चन नै थिए ।
सबैले बास्तविकता आफ्नै आँखाले देखे । एकैचोटी कोलाहल मच्चियो क्रन्दन रोदन र चित्कारले वातावरण फरक भयो । म झण्डै १०० मिटर पर गएर घोप्टिएँ । हामी शोकमा डुबेको सिङ्गो जलवीरे बजारले नतमस्तक हेरिरह्यो । ब्रम्हायणी नदी स्थिर भईनन् । खोलापारी भीरका चट्टानहरु हामी रोएको दृष्यलाई तमासा मानेर हेरिरहेका थिए । हामी एकले अर्काेलाई सम्झाउँदै आफैं रोईरहेका थियौं । त्यसबखत हामी र हाम्रा घटनाक्रमलाई तमासा मानेर हेर्ने त्यो चट्टानलाई के थाहा आफ्नो लेख रचनाबाट सबैमा चेतना जगाउने स्रष्टा काचन अब रहेनन् भन्ने कुरा । आफ्नै सुरमा बगिरहेकी ब्रम्हायणीलाई के थाहा समाज विकासको एउटा अभियन्ता अब रहेनन् भन्ने कुरा जलवीरे बजारलाई के थाहा त्यही बजार र आसपासका शोषित उत्पीडित वर्गको खातिर कलम चलाउने योद्धा अब रहेनन् भनेर ।
‘सिन्धुपाल्चोकको जलवीरेमा गएराती दुई आतङ्ककारीको मृत्यु । मृत्यु हुनेमा काचन पि्रयदर्शी भनिने इश्वरकृष्ण बुढाथोकी र सुमन भनिने ……… श्रेष्ठ ।’
काचन दाईको पार्थिव शरिरलाई अन्तिम दहसंस्कार गरेर फर्किरहेका हामीले कुविण्डेको फेदीमा रहेको एउटा घरमा बजिरहेको रेडियो सुन्यौं जहाँ यही समाचार बजिरहेको थियो । दर्जन अधिक कन्चनका आफन्तहरु एउटै गोलबन्धमा बसेर हामी समाचार सुनिरहेका थियौं । हाम्रा कन्चन मारिए यो सत्य थियो । गोलबन्धमा कन्चनका बाबु थिए । भाई थिए । भतिजा थिए । ज्वाई थिए । साथी थिए । सबै आफन्त थिए । दिउँसो तीनबजेको यो समाचारले हामी कसैलाई स्तव्ध बनाएन । न कसैले विलौना गरे । कोही रोएनन् । न त कसैको शिर नै निहुरियो । किनकि जति विलौना गर्नु जति रुनु सबै रोईसकेका थिए । सायद सबैका आँखाका आँसु रित्तिसकेका थिए ।
समाचार सुनिसकेपछि हामी सबै कुविण्डेको उकालो चड्न थाल्यौं । सबै मलिन अनुहारमा नुन खाएका कुखुराजस्तै भएका थियौं । जलवीरेबाट हिडेको झण्डै दुई घण्टासम्म कोही बोलेनन् । म मनमनै सोच्न थालें ।
‘साला बटालियन ! आखिर कन्चन दाईलाई मारेरै छाडिस् हैन ‘
हामी चौतारामा आईपुग्यौं । मलाई सबैभन्दा बढी दुःख यहाँनेर लाग्यो । एमाले पार्टी कार्यालय अगाडि आफूलाई सच्चा एमालेका बरिष्ठ नेता मान्नेहरु हामीलाई हेरेर हाँसिरहेका थिए । मलाई यस्तो लाग्यो कन्चन दाई मार्ने बटालियन सेना हैन एमाले हो । एमाले छाडेदेखि नै कन्चनदेखि रुष्ट भएका नेताहरु आफूले जितेको भन्दै हाँसिरहेका जस्ता लाग्थे । उनीहरुको उल्लास देखेर यो सहजै ठम्याउन सकिन्थ्यो कि बर्षौपछि इच्छाको प्राप्ति आज भएको छ । मैले सुनेको कन्चनले एमालेका लागि धेरै गरे । एमालेकै लेखनदास भए । गाईने भए । कलम बोक्ने कार्यकर्ता भए । तर एमालेले अपमान बाहेक केही दिएन । माओवादीमा प्रवेश उनी त्यसै भएनन् । एमालेको उनीमाथिको अत्याचारविरुद्ध रोष पोख्ने माध्यम थियो माओवादी प्रवेश ।
भूमिगत भएपछि पहिलो र अन्तिमपल्ट भेटेका काचन दाईले छुट्ने बेलामा सायद त्यसैले भने होलान् मलाई ‘बाबु तँ एमालेमा कहिल्यै नलाग है ।’ कन्चन दाईको यो अन्तिम बोली मेरो लागि अमिट बन्यो । मेरो मानसपटमा सधैं घुमिरहन्छ । यही वाक्य सधैं गुन्जिरहन्छ जब हरेक दिन चौतारामा कन्चन मारिएकोमा हाँसी-हाँसी विजयजुलुस मनाएका नेताहरुलाई देख्छु । एउटा शालीन व्यक्तिलाई सिङ्गै जमिनमुनि गाड्नुको पीडाले क्षतविक्षत भएको मेरो हृदय शोकयात्रा अवधिभर पलपल दुख्यो । काचन मारिएको खबर चारैतिर फैलिसकेकाले एउटा वर्ग बाहेक सबै रोएका थिए । साँच्चै त्यसपल पीपलडाँडाका पीपलहरु पनि साहै्र रोए ।
एकाविहानै म घरबाहिरको गए रातीको सपनाको नायक काँडाझ्याङमा पुगें आफ्नो समाचार खोज्न । काँडा मलाई हेर्दै हाँसिरहेको प्रतित भयो मलाई । मेरो आगमनमा हाँसेको काँडालाई बेलुकीको सपना अनि कन्चन दाइ सम्झेर अंगालो हाल्न मन लाग्यो । म पूर्ण चेतनामा थिएँ । ती काँडाले मेरो शरिरमा खोपिरहँदा म पक्कै रुँन्नथें । मलाई पीडाबोध हुदैनथ्यो । जति पीडा आज कन्चनदाइ नहुदाँ भइरहेछ ।
‘बाबु तँ समाचार नलेख् ।’ हिजो राती सपनामा कन्चनदाइले बोलेको वाक्यांश सम्झिएँ काँडा झ्याङमै बसेर ‘सूर्य’ सल्काएँ । र सोचे-’कन्चन’ दाइले किन यस्तो भने मेरो अनुत्तरीत प्रश्न आफैभित्र हरायो । ‘सूर्य’को मन्द रापले माईली र साँईली औंलालाई एकैचोटी चुम्वन गर्दा झस्किएछु म । मनमनै उत्तर दिएँ ‘दाइ बटालियनका आँखा अझैसम्म मलाई तरवार लाग्छ उनीहरुले हेर् यो कि म छिनिहाल्छु ।’ तर दाइ तपाईको समाचार प्रति कि यति ठूलो वितृष्णा ‘
मैले दाइलाई सम्झिएर अठोट गरें-’म आतङ्ककारी हुने छैन तर तपाइसँगको बाँकी हिसाव म मिलाउँछु । तपाइले भनेझैं म ‘ समाचारलाई पेसा नबनाइ कविता लेख्छु ।’
दाइ बटालियनका आँखा अझैसम्म मलाई तरवार लाग्छ उनीहरुले हेर् यो कि म छिनिहाल्छु । ‘तर दाइ तपाईको समाचार प्रति कि यति ठूलो वितृष्णा
मैले दाइलाई सम्झिएर अठोट गरें- ‘म आतङ्ककारी हुने छैन तर तपाइसँगको बाँकी हिसाव म मिलाउँछु । तपाइले भनेझैं म ुसमाचारुलाई पेसा नबनाइ कविता लेख्छु ।’
टाउको उठाएर काचन दाइलाई सम्झिएँ । उनी फिस्स हाँसेको अनुभूति भयो ।
मैले दाइलाई सम्झिएर अठोट गरें-’म आतङ्ककारी हुने छैन तर तपाइसँगको बाँकी हिसाव म मिलाउँछु । तपाइले भनेझैं म ‘ समाचारलाई पेसा नबनाइ कविता लेख्छु ।’
दाइ बटालियनका आँखा अझैसम्म मलाई तरवार लाग्छ उनीहरुले हेर् यो कि म छिनिहाल्छु । ‘तर दाइ तपाईको समाचार प्रति कि यति ठूलो वितृष्णा
मैले दाइलाई सम्झिएर अठोट गरें- ‘म आतङ्ककारी हुने छैन तर तपाइसँगको बाँकी हिसाव म मिलाउँछु । तपाइले भनेझैं म ुसमाचारुलाई पेसा नबनाइ कविता लेख्छु ।’
टाउको उठाएर काचन दाइलाई सम्झिएँ । उनी फिस्स हाँसेको अनुभूति भयो ।


No comments:
Post a Comment