Tuesday, February 18, 2014

जन्मभूमिलाई उपहार; ‘सिन्धु–गीत’

संयौ सपुतलाई जन्म दिने हाम्री आमा.... सिन्धुपाल्चोक
जलस्रोत पर्यटन कृषि र व्यापारको अपार सम्भावना सिन्धुपाल्चोक
सञ्चारकर्मी रेवती सापकोटाको शब्द रहेको यो गीत अहिले सिन्धु मनहरुको ओठमा झुण्डिएको छ । जिल्लाको सौन्दर्य झल्कने यो गीतका गायक स्रष्टा चेतन सापकोटा पनि गीतसँगै सिन्धुमाझ लोकप्रिय बने । जिल्लाको बतासे गाविस जर्केबारीमा ३७ वर्षअघि जन्मिएका सापकोटा अहिलेका नेपाली संगीत मनमा छाएका युवा हुन् ।
नेपाली संगीत क्षेत्रमा चेतनको बढ्दो उचाईं सिन्धुवासीका लागि गौरव हो । आफू नेपाली संगीतको क्षेत्रमा जति नै उचाईंमा पुगेपनि सिन्धुका लागि वचन मात्र होईन कर्मले पनि ‘केही’ गर्ने प्रतिबद्धता जनाउने सापकोटाले वास्तवमै सिन्धुपाल्चोकका लागि भनेका मात्र गरेका पनि छन् ।
माथि प्रस्तुत गीति अंश उनैले संगीत भरेका र गाएका हुन् । जुन अहिले सिन्धुवासीको मन–मनमा रहेको छ । २०६८ मंसिरमा भएको सिन्धुपाल्चोक महोत्सवको सन्दर्भलाई लिएर गाइएको यो गीत उनी सिन्धुपाल्चोकलाई उपहार दिएको बताउँछन् । ‘सिन्धुभूमिकै पाखाबाट मैले गीत सिकें, यहाँसम्म आइपुगे,’ उनी भन्छन्, ‘धेरै वर्षअघिदेखि जिल्लालाई केही दिउँला भन्ने थियो, यही गीत दिएँ ।’ हतारको बेला तीन दिनमै तयारी पूरा गरेको यो गीतले यति उचाईं पु¥याउँछ भन्ने उनर्ला थिएन । शब्द र संगीत उत्कृष्ट भएकाले सिन्धुवासीको ओठमा यो गीत झुण्डिएको भने उनी स्वीकार्छन् । ‘यो गीतसँगै म आफै सफलताको सिढीं चढ्नुमा जिल्लावासीको ठूलो भूमिका छ,’ उनी गर्वसाथ भन्छन्, ‘गीतमा जिल्लाको सौन्दर्य झल्किएकाले सबैले मन पराईदिनुभयो ।’ हुन पनि यो गीत अचेल जिल्लाका विद्यालयसहित अन्य शुभकार्यहरुमा ‘सिन्धु–गीत’बनेर गुञ्जिने गरेको छ ।
गीतले सिन्धुको विकास बोलेको छ । सापकोटा यो गीतको भावलाई नेता तथा सिन्धु विकासका अभियन्ताहरुले अनुशरण गरे भने भाषणको जरुरी नभएको तर्क राख्छन् । ‘जिल्लाका नेताहरुले गीतले बोलेको भाव कसैले पूरा गरेका छैनन्,’ उनी भन्छन्, ‘गीतको आग्रही भावलाई पालना गरे जिल्लाको विकास हुन्छ ।’ उनी जिल्लाको विकासमा सरोकार राख्नेहरुले यो गीतलाई एकपटक गहिरिएर सुन्नुपर्ने जिकिर गर्छन् ।
महोत्सवका आयोजकले आग्रह गरेर सापकोटाले तयार पारेको यो गीतले वास्तवमै सिन्धुको विकास र सम्भावनालाई उजागर गरेको छ । जिल्लामा भएको पर्यटन, कृषि, जलस्रोत, व्यापारको खानीबाट हुनसक्ने आर्थिक समृद्धिको ढोकालाई खुलाईदिएको छ । वास्तवमै भन्नुपर्दा सिन्धुवासीको गौरवका लागि गरिएको महोत्सवको प्रमुख उपलब्धी यो गीतमात्रै बनेको छ । सापकोटा महोत्सवले गरेका प्रतिबद्धताहरु पूर्ण रुपमा कार्यान्वयन नभएकोमा दुखेसो पोख्छन् ।
आमा दीपकुमारी सापकोटा र पिता गोविन्दप्रसादको कोखबाट जन्मिएका उनले बतासेमा रहेको तत्कालीन कालिका प्राविबाट औपचारिक अध्ययन सुरु गरेका थिए । शैशवकालदेखि नै गीतसंगीतप्रति लगाव राख्ने उनी गाउँका वनपाखामा गाउने गीतले नै आकर्षित गरेको बताउँछन् । विद्यालयस्तरदेखि नै गीत गाउन थालेका उनले ५० भन्दा बढी नेपाली चलचित्र र आधा दर्जन टेलिश्रृृंखलामा स्वर र शीर्षसंगीत दिइसकेका छन् । चलचित्र दादागिरीको तिम्रो आँखामा बस्ने रहर भो मलाई...बाट नेपाली चलचित्रमा स्वर दिन सुरु गरेका उनले अजम्बरी नाता, निखिल दाई, अभिमन्यू, दोस्तीलगायतमा स्वर र संगीत भरिसकेका छन् ।
गीत÷संगीतकै दौरानमा नेपालका सबै जिल्ला घुमेर सबै ठाउँका स्रोतालाई आफ्नो कला प्रस्तुत गरिसकेका उनले २ सय भन्दा बढी स्थानमा ‘स्टेज प्रोगाम’ दिइसकेका छन् । सामाजिक परिवर्तनका लागि चेतनामूलक गीत गाउन रुचाउने सापकोटा आफू व्यवसायिक कलाकार भएकाले जसलाई जस्तो चाहिन्छ त्यस्तै संगीत गर्न सक्ने दावी गर्छन् । ‘म किसान हुँ, जे पनि उत्पादन गर्न सक्छु,’ उनले आफ्नो क्षमता सुनाउँदै भने ।
गीतले आफ्नो माटोलाई छुन पर्ने तर्क राख्दै उनी गीत÷संगीत आम जनजीवनलाई छुने हुनुपर्ने बताउँछन् । ‘लोक शैलीमा माटो सुहाउँदो गीत हुन जरुरी छ ।’ उनी भन्छन्, ‘गीत सरल हुनुपर्छ ताकि सबैको ओठमा गुन्गुनाओस् ।’ जिल्लामा गीत÷संगीतको बजार साँघुरो भएकोमा उनी चिन्ता व्यक्त गर्छन् । फिल्म लाग्ने हल नभएकाले यहाँका स्रोताले गीत संगीत सुन्न नपाउने गरेको विडम्बना उनले सुनाए । उनी जिल्लाका स्रोतालाई गीत सुनाउनका लागि सदरमुकाममा एउटा चलचित्र हल बनाउन कोही व्यवसायीलाई आग्रह गर्छन् । ‘चलचित्रमा बजेको गीत सुनेर नयाँ पुस्ताले केही सिक्ने अवसर पाउँछन्,’ उनले भने, ‘सदरमुकाममा स्टेज प्रोगाम पनि गर्न मिल्ने र फिल्म चलाउन पनि मिल्ने हलको जरुरी छ ।’ सापकोटा कोही व्यवसायी अगाडि सरेर आए आफ्नो जिल्लाका लागि हल निर्माणमा सहयोग गर्ने बताउँछन् । ‘हल निर्माणका लागि म आफै कुर्सी र केही प्राविधिक सामग्रीहरु दिन सक्छु,’ उनले व्यवसायीलाई आग्रह गर्दै भने ।
नेपाली संगीतलाई उचाईंमा पु¥याउन तल्लीन सिन्धुपुत्र सापकोटा टेलिभिजनबाट प्रशारित हुने धेरैजसो हाँस्यश्रृंखलाका शीर्ष संगीत बनाएर र स्वर दिएर पनि चर्चामा छन् । हालै ११ वर्षमा प्रवेश गरेको चर्चित हाँस्यश्रृंखला तितो सत्यको शीर्ष गीतबाट पनि उनले स्रोताको वाही–वाही बटुलेका छन् । झिल्के कान्छाको शीर्ष गीत सुनेर प्रभावित बनेका तितोसत्य टिमले उनलाई गीत बनाइदिन आग्रह गरेको उनी बताउँछन् । ‘उदितनारायणको जस्तै स्वर भनेर प्रशंसा गर्दै मलाई गीत गाउन तितोसत्य टिमले आग्रह ग¥यो,’ उनले विगतका दिन सम्झँदै भने, ‘निर्मलजीको क्याफेमा कफि खाने क्रममा उनीहरुले मलाई शीर्ष संगीतका लागि आग्रह गरेका थिए ।’ संगीतमा स्नातक गरेका सापकोटाले तितोसत्यको टिमको आग्रहलाई स्वीकार्दै गीत आग्रह गरेको भोलिपल्टै सुनाएका थिए । सबैलाई मिल्ने गरि शब्दका केही अंश लेखेर एरेन्ज गरेका उनले पछि पूरै गीत दयाराम पाण्डेलाई लेख्न लगाएका थिए । तितो सत्य दस वर्ष पुगेर एघार वर्षमा प्रवेश गरेपछि त्यसको प्रोमो फेरिएको छ । अहिले चेतनकै संगीतमा प्रमोद खरेलले यसको शीर्ष गीत गाएका छन् ।
तितोसत्यको शीर्ष गीतको लोकप्रियताकै कारण नेपाली फिल्म उद्योगमा मौका पाएको उनी स्वीकार्छन् । तितो सत्यको चार भागसम्म संगीतको उस्ताज बनेर पर्दामासमेत देखिएका उनले संगीतका स्रोता जताततै भएपनि सहरभन्दा बढी गाउँमा माया पाउने गरेको सुनाए । ललित कला क्याम्पसमा संगीतमा स्नातक गरिसकेपछि शास्त्रीय संगीतका लागि भारत पुगेका उनले त्यहाँ पनि स्नातक गरे । कल्पवृक्ष, बदनामलगायत आधा दर्जनबढी सोलो एल्बम निकालेका उनले दर्जनबढी फुटकर एल्बममा गीत गाइसकेका उनले प्रयाग संगीत समिति इलाहावादबाट शास्त्रीय संगीतमा स्नातक गरेका छन् ।
नेपालमा पछिल्लो समय स्रष्टालाई निधनपछि मात्र सम्मान गर्ने चलन बढेको छ । मृत्युपछि मात्र स्रष्टाको चर्चा हुने गर्दछ । सापकोटा यसको विरोधि हुन् । ‘स्रष्टाले बाँचुन्जेल नेपाली समाजको हितका लागि काम गरेको हुन्छ,’ उनी भन्छन्, ‘त्यसको प्रतिफल उसले बाँचेकै बेला पाउनुपर्छ ।’ नेपालमा प्रतिभाका लागि बाँडिने पुरस्कारमा उनी राजनीति हावी हुने गरेको आरोप लगाउँछन् । संगीतकै उत्थानका लागि २०५२ सालदेखि संघर्षरत सापकोटा स्रोता, दर्शकको माया नै अवार्ड मान्छन् ।
तितोसत्यको शीर्ष गीतको सफलतापछि उनले जिरे खुर्सानी, मेरी बास्सैमा पनि शीर्ष संगीत गरे । टेलिश्रंखलामा गीत गाउनु र चलचित्रमा गाउनु उनी फरक सोच्छन् । ‘टेलिश्रृंखला हप्तैपिच्छे आउँछ, चलचित्रमा एकचोटी मात्र गाइन्छ,’ उनी भन्छन्, ‘गाउँमा श्रृंखला हेर्ने बढी हुने र त्यसको प्रभाव पर्ने भएकाले गाउँका स्रोताको बढी माया पाइन्छ ।’ संगीत उद्योगमा संघर्षविना सफलता नपाइने उनको अनुभव छ । सबैभन्दा ठूलो आफ्नो मनलाई मनाउनुपर्ने उनी बताउँछन् । ‘सबैभन्दा ठूलो आत्मसंघर्ष हो,’ उनी भन्छन्, ‘मैले यस्तो गर्छु भनेर अठोट नलिइकन काम गर्न हुँदैन ।’ उनी मनलाई जितियो भने देश जित्न सक्ने आँट आउने बताउँछन् ।
नेपालका चर्चित हाँस्य कलाकारहरुको चर्चित सिरियलमा काम गरेर थप अनुभव संगालेका उनले जिरे खुर्सानीको शीर्ष गीतलाई एकै दिनमा तयार गरेका थिए । यो उनको जीवनकै सबैभन्दा छोटो समयमा तयार गरेको गीत हो । ‘घरायसी समस्याका कारण समय थिएन,’ उनले त्यो क्षण सम्झँदै भने, ‘मलाई छिट्टै तयार गरिदिन आग्रह गरेका थिए, अनि मैले गरिदिएँ पनि ।’ हाँस्यश्रृंखलाकै कारण उनी यति चर्चामा आएको बताउँछन् । उनको अनुभवमा मेरी बाँस्सैको शीर्ष गीत उनलाई मनपर्ने र सर्वाधिक रुचाइएको गीत हो ।
प्रस्तुति ; किशोर बुढाथोकी www.facebook.com/kishmapari

Tuesday, February 11, 2014

भ्यालेन्टाइन कविता

तेस्रो शताब्दीमा रोमबाट सुरु भएको प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन डे’ एक्काइसौं शताब्दीको उत्तरार्धमा आइपुग्दा यसलाई पर्वका रुपमा लिने प्रेम जोडीहरु प्रसस्तै छन् । ‘भ्यालेन्टाइन डे’ सुरु हुनु साताअघिदेखि नै विभिन्न सामाजिक सञ्जालमा ‘रोज डे’, ‘भ्यालेन्टाइन सप्ताह’, ‘प्रपोज विक’ जस्ता विभिन्न सन्दर्भ लिएर दिवस मनाउन सुरु गरिसकिएको छ ।

सात दिनअघिबाट सुरु हुने सप्ताहमा विभिन्न सन्दर्भ दिइएको छ । जानकारहरुले पहिलो दिनलाई रोज डे, दोस्रोलाई प्रपोज डे, तेस्रोलाई चकलेट डे, चौथोलाई टेड्डी, पाँचौलाई प्रमिस, छैटौलाई हग र सातौंलाई किस डेका रुपमा लिएका छन् । साता लामो दिवसहरु सकेपछि अन्तिम एक दिनलाई भ्यालेन्टाईन डे भनेर भनिएको छ । 
यसै सन्दर्भलाई लिएर प्रेम जोडीहरुले फेब्रुअरी १४ कुरिरहेको देखिदैन । पश्चिमी सिको गर्दै नेपाल पर्वकै रुपमा नेपाल भित्रिएको यो दिवसले जिल्लामा पनि प्रभाव पारेको यसअघिका वर्षहरुले पुष्टि गरिसकेका छन् । साहित्यमार्फत प्रेमको उजागर गर्न सहज भएकै कारण हुनसक्छ फेसबुक, ट्विटरजस्ता ‘न्यू मिडिया’मा प्रेमसँग सम्बन्धित कविता, गजल, हाइकुका साथै विभिन्न अभिव्यक्तिहरु देख्न पाइन्छ । यो दिवसको सन्दर्भमा जिल्लाका साहित्यकारहरुले विभिन्न खाले साहित्य सृजनामार्फत प्रेम अभिव्यक्त गरिरहेको देखिन्छ । यो वर्ष ‘भ्यालेन्टाइन सप्ताह’ सुरु भएपछि जिल्लाका साहित्यकारहरुले साहित्यका विभिन्न विधामा आधारित रहेर अभिव्यक्ति प्रस्फुटन पनि गरेका छन् ।
उत्तेजित हुन्छन् सबै एकपल्ट उमेरमा
फक्रेका फूलका थुंगा चुम्दैन को हतारमा

फक्रेको फूल देखेर नलोभिने छ को यहाँ
चुप बस्ने जवानीमा कोही भेटिन्छ विश्वमा ?(चन्द्रप्रसाद न्यौपाने)
बृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको यो अधिव्यक्तिले युवा युवतीमाझ प्रेम आग्रह मात्र होईन प्रेम अपरिहार्य भनेर पुष्ट्याएका छन् । झण्डै चार दर्जन पुस्तकका लेखक न्यौपाने साहित्यको नौ रस मध्ये प्रेम एक रस भएकाले साहित्यमा प्रेम हुनु जरुरी मान्छन् । ‘साहित्यलाई रसिलो बनाउन प्रेम जरुरी छ,’ उनी भन्छन्, ‘पछिल्लो समय बजारमा यौन साहित्यको बजार फराकिलो देखिएकाले पनि यसले पुष्टि गर्छ ।’ उनी प्रेममा पर्नका लागि कुनै दिवसको जरुरी नभएको बताउँछन् ।
हुन पनि अहिलेका युवा युवतीले प्रेम दिवश अर्थात ‘भ्यालेन्टाईन डे’लाई महत्वपूर्ण दिनको रुपमा लिने गरेका छन् । प्रेमी प्रेमिकाले ठूलै उत्सव मान्छन् । यो दिनलाई प्रेम प्रस्ताव राख्ने दिन, प्रेम स्थापित बनाउने दिन, प्रेम साथी भएकाहरुलाई सम्बन्धी सुढृढ र बलियो बनाउने दिन मान्दै आइन्छ । विश्वव्यापी रुपमा मान्यता पाउ“दै आएको ‘भ्यालेन्टाईन डे’ नेपालमा पनि केहि वर्È देखि निकै लाकप्रिय हँुदै आएको कुरा सर्वबिदितै छ । पश्चिमी शैलीको सिको गर्दै नेपालका विÈेशतः ग्रामीण ईलाकाभन्दा शहरी Ôेत्रहरुमा यो दिवस निकै प्रचलित छ ।
पहरामा फूल्यौ तिमी मन बुझाएँ हेरेर नै
सम्झि तिमीलाई दिन बिते सँधै रोएर नै (राम केसी ‘चौतारे’)
सामाजिक विसंगतिलाई गाउँले भाषामा टपक्क टिपेर साहित्यको माला उन्नमा माहिर साहित्यकार चौतारे प्रेम साहित्यमा पनि अब्बल छन् । प्रेमकै सेरोफेरोमा रहेर गीत, गजल सृजना गर्ने उनले यो प्रणय दिवसमा रचेका एक हरफ गीतले वियोग झल्काउँछ । हुन पनि ‘भ्यालेन्टाइन डे’ नयाँ पे्रेम स्थापित गर्ने दिनको रुपमा लिइन्छ । चौतारेका यी साहित्यिक अभिव्यक्तिले प्रेममा परेका युवा युवतीलाई एक पटक झस्काउँछ ताकि प्रेम प्रस्तावका दिन अघिल्ला दिनहरुको संकेत एक पटक बुझून । आफ्नो प्रेमी÷प्रेमिकाले भोलि चौतारेकै अभिव्यक्तिलाई कण्ठस्थ गर्न नपरोस् । उसका लागि यो दिवश ‘कालो दिन’ नबनोस् ।
प्रेम गर्ने जोडीहरुका लागि वरदानै सावित भएर आएको यो दिवसमा विश्व भरिकै प्रेमिप्रेमिकाहरुले प्रेमपत्र, फूल, शुभकामना कार्डलगायत अन्य आर्कÈक प्रेमोपहारहरु दिएर मनाउने गरेको पाईएपनि अहिले त्यो रुप विस्तारै आधुनिकता तर्फ लम्कदैं गएको देखिएको छ । जस्तैः भेटेर उपहारहरु दिन सम्भव नभएमा ईमेल ईन्टरनेट, मोबाईल एसएमएस, सामाजिक सञ्जाललगायतका प्रयोगबाट आफ्ना भावनाहरु पे्रमी वा पे्रेमिकासँग साटासाट गरेर मनाउने प्रचलन बढ्दो छ । त्यसकै उदाहरण सिन्धु साहित्यकी एक नारी हस्ताक्षरले पनि गरेकी छिन् ।
केही दिन अघिदेखि
विथोलिरहेछ कसैले यो मन
खुलेनन् यस विषयमा ओठहरु
साँचो हो कि झुटो
टुङ्गो लाग्नेछ, छिट्टै । (रोजिना पराजुली)
‘भ्यालेन्टाइन सप्ताह’ सुरु भइसकेपछि स्रष्टा पराजुलीको फेसबुक वालमा देखिएको यो कवितामयी अभिव्यक्तिले उनलाई कसैले प्रेम प्रस्ताव राखेको आभाष हुन्छ । सामाजिक सञ्जालको फाइदा उठाउँदै उनले आफू दोधारमा रहेको अभिव्यक्ति दिएकी छन् ।
हुन पनि, भनिन्छ प्रेमले पापी लाई पनि सुधार्छ । प्रेमले मानिसको जीवनलाई सरस र थप रोमााचक बनाउँछ । प्रेमले शत्रु पनि मित्र बन्छ । प्रेम सबैमा हुन्छ जुन बनावटी नभई अन्र्तहृदयबाट प्रस्फुटित हुन्छ । हुन त मनमा अर्कै कुरा खेलाएर बाहिर बाहिर भने प्रेमको जात हुदैन Ôेत्र हुदैन कुनै मापदण्ड हुदैन जस्ता आदर्शका कुरा गर्ने हरुले पनि प्रेमको उपहास गरेका देखिन्छन् । वैंशमा उन्मुक्त भएर नाटकीय र बनावटी प्रेममा फस्ने र फसाउने सञ्जाल पनि वर्तमान युगमा बाक्लै छ भन्दा फरक नपर्ला । कलिलो उमेरका किशोर किशोरीहरुपनि प्रेमको नाममा अग्रजहरुको सिको गरि जान्दै नजानी र आफू अपरिपक्व नहुंदा पनि फसेका देखिन्छन् । यसरी कहि कतै प्रेमको दुरुपयोग भएको पनि देखिन्छ । स्रष्टा पराजुलीको यो साहित्यिक अभिव्यक्तिले सुझावको आसा पनि राखेको छ । कसैको प्रस्तावमा आफ्ना ओठ नखुल्नु आफू सजग भएको संकेत हो ।
अँध्यारै छन् गोरेटा यी जून बनी आऊ
तूफानको गीत गाउने धून बनी आऊ (कला अनुरागी)
साहित्यसँगै पत्रकारितालाई पनि डोहो¥याइरहेका अनुरागीले प्रस्तुत साहित्यांशमा आफ्नीलाई प्रेमको आग्रह पोखेका छन् । प्रेम सबैका लागि अपरिहार्य भएकाले परिवर्तनको संकेतसँगै समाजमा उज्यालो छर्ने गरी प्रेममा समाहित हुन उनले यो प्रणय दिवशमा यस्ता कविताशंलगायत साहित्यिक अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पस्कने गरेका छन् । उनी माया शब्द आफैमा मिठो हुने तर्क राख्छन् ।
रोमबाट आरम्भ भएको यो दिवशमा विश्वभरिकै कंयौ युवायुवतीहरु रमाउने गरेको पाईन्छ । एकपटक गईसकेपछि पुरै एक वर्È कुर्नुपर्ने यो दिवशले प्रेमको औचित्यलाई उभो“तिर धकेल्ने भएकाले यो दिवशको महत्व झन् विस्तृत रुपमा बढ्दै गएको कुरालाई नकार्न सकिदैन । ईतिहासका पाना पल्टाउ“दै जाने हो भने तेस्रो शताब्दीमा रोमका सम्राटले आफ्नो राज्यको सुरÔाको निम्ति कुनैपनि सुरÔाकर्मीले नारीस“गको संगत तथा सम्बन्ध नराख्न उर्दी जारी गरेका थिए । नारीसँगको सम्बन्धले आत्मबल कमजोर हुने हुँदा फौजी भित्रका गोप्य कुराहरु पनि बाहिर जान सक्ने सम्भावनाका डरले सुरÔाकर्मी माथि प्रेम तथा विवाहमा रोक लगाएका थिए भन्ने कुरा सुन्नमा पाइन्छ । अन्र्तहृदय देखि नै प्रस्फुटित हुने सा“चो प्रेमको लागि रोक लगाएको सूचनाले विश्वभरिका प्रेम जोडीहरु विÔिप्त वन्न पुगेका थिए भने तत्कालिन रोम राज्यको सामाजिक जीवन प्रभावित हुन पुगेको थियो तथ्य छ । प्रेमलाई कुनै वस्तुले छेक्दैन कुनै नियमले रोक्दैन सा“चो प्रेममा कुनै रोकले प्रभाव पार्दैन भन्ने सिद्धान्तका ‘भ्यालेन्टाईन’ नामक एक व्यक्तिले उक्त रोक आदेशको उल्लङघन गर्ने निर्णय लिएर थुप्रै प्रेम गरेका सुरÔाकर्मीहरुलाई विवाह बन्धनमा बा“धिदिएका थिए । भ्यालेन्टाईनको यो कामप्रति क्रोधित बनेका सम्राटले उनलाई तत्कालै मृत्युदण्डको सजाय सुनाएका थिए । भ्यालेन्टाईन आफू स्वयम् प्रेम गर्थे उन्को आफ्नी प्रेमिका पनि थिइन् । आफ्नो मृत्युदण्डको सजायँ हुनुपूर्व आफ्नो प्रेमिकालाई लेखेको पत्रमा आफू सच्चा प्रेमको लागि बलिदान दिन तयार भएको र अबका प्रेमिप्रेमिकाहरुले यस्तो परिस्थितिको सामना गर्न नपरोस् । मेरो मृत्यूपछि मलाई एक असल प्रेमिको रुपमा विश्वभरिका प्रेमजोडीहरुले स्मरण गरुन् भन्ने ईच्छा व्यक्त गरेका थिए भन्ने पाइन्छ । उनको यही इच्छालाई उनकी प्रेमिकाले मनन् गरेकी थिइन् । उनलाई फेब्रुअरी १४ मा मृत्यूदण्ड दिईएको थियो । उनको यहि इच्छालाई सार्थकतामा परिणत गर्दै मृत्यूदण्ड दिईएको दिन उनकै नाममा यो दिवस मनाउन थालिएको कुरा इतिहासले बताउ“छ । आज हामी उनै महान प्रेमी भ्यालेन्टाइनलाई सम्झेर प्रेम दिवश मनाइरहेका छौं । र, प्रेमका विषयमा खुलेर कविता कोरिरहेका छौं ।
बादलभन्दा कोमल,
नदीभन्दा निश्चल....
कुनै प्राप्तिको आशबिना पनि 
म उनलाई पाईरहेको हुन्छ ।( बिमल नेपाल)
प्रेमका विषयमा खुलेर साहित्य कोर्ने कवि विमल नेपालको यो कविताशंले वास्तविक प्रेम बोकेको छ । उनले कवितामार्फत प्राप्तिको आश विनै आफ्नी मायालुलाई प्रेम गरेको अभिव्यक्ति दिएका छन् । र, उनी सन्तुष्ट पनि छन् किनकि उनले आफ्नो प्रेमलाई आफूभित्रै समाहित गरिसकेको कवितांशले पुष्टी गरेको छ । 
प्राप्तिलाई तृप्तिसँग जोख्नू
मेरो धृष्टता होइन
मनले अह्राइरहन्छ, 
त्यसैले मलाई औधि माया छ, मोह छैन
बस्, म पेटभरि कल्पिन्छु, र काल्पनिक जीवन जिएरै पनि
एकोहोरो माया पाउँछु । (दील कार्की)
कवि नेपालजस्तै प्रेमलाई परिभाषा गर्ने मामलामा दील कार्कीपनि एउटै लाइनमा छन् । सा“चो प्रेम गर्नेहरुलाई त प्रणय दिवश बरदान सावित भएको कुरा सत्य हो । केहि उच्छृङखल जत्थाले भने यसलाई विसंगतिका रुपमा भित्राएका छन् । उनै उच्छृङखलकारीहरुको कारण आज प्रेम शब्द नै संकटका परेको आभास हुन थालेको छ । त्यस्ता आधुनिक समाजका आधुनिक मान्छेहरुले यौन तृष्णा मेट्नको लागि बनावटी प्रेम गर्ने गरेको पाईन्छ । तर कवि नेपाल र कार्कीको यी अभिव्यक्तिले कंलकिंत प्रेम गर्नेहरुलाई सजग रहन आग्रहसमेत गरेको छ । किनकि कविद्वयले प्रेम पाप्तिका लागि मात्र गरेका छैनन् ।
वास्तवमा यो दिवशमा आफूले प्रेम प्रस्ताव राख्ने र आफूले मात्र प्रेम स्थापित गर्ने दिन मात्र होइन । यो दिन आफ्ना साथीका लागि प्रेममा सहयोग गर्ने दिनको रुपमासमेत स्थापित छ । हाल बेलायतमा रहेकी जलवीरकी स्रष्टा सबी श्रेष्ठ लेख्छिन् ।
ए ! पागल प्रेमी
कविताको के कुरा
म काब्यको ठेली लेखूँला
बखानमा तिम्रो प्रमिकाको
बेली चमेली लेखुँला । (सबी श्रेष्ठ)
सबीको यो कवितामय अभिव्यक्तिले आफ्ना साथीकी प्रेमिकाका लागि सौन्दर्ययूक्त काब्य लेखेर खुशी तुल्याउने आशय बोकेको छ । साथीलाई सम्बोधन गरेको यो कविताले प्रेमिकाका लागि आफूले खुशी फर्कादिने वाचासमेत गरेको छ ।
वास्तवमा धनी, गरिब, ठूलो, सानो, जात, धर्म आदिबाट टाढा रहेर व्यवहारमा शिष्टता मायालु अनि स्वच्छ आत्माले प्रेम गरेमा सम्बन्ध मजबुत नहुने प्रश्नै उठ्दैन । जुन प्रेम यूवायूवती बीच मात्र सिमित नभई परिवारका सदस्यहरुस“ग ईष्टमित्र छरछिमेकी नातागोता तथा साथीस“गी र अपरिचित व्यक्तिहरुस“ग पनि गरिन्छ । केवल अपनाउने शैली फरक हो ।
प्रस्तुति ः किशोर बुढाथोकी

Sunday, December 8, 2013

के गर्दैछन् सिन्धुका प्रवासी साहित्यकार ?

दुई वर्षदेखि जलवीर बजारकी स्रष्टा सवी श्रेष्ठ बेलायतमा छिन् । विशेषगरी निबन्ध र कथा विधामा कलम चलाउने उनी बेलायतबाटै सिन्धु साहित्यलाई उचाईंमा पु¥याउन तल्लीन छिन् । अध्ययन र रोजगारीको सिलसिलामा त्यहाँ पुगेकी उनी प्रायः राति सुत्ने बेलामा साहित्य कोर्ने गर्छिन् ।
उनी बेलायतमा हेल्थ केयर असिस्टेनटका कार्यरत छिन् । विदेश रहँदा आफ्नो जन्मभूमिको मूल्य थाहा पाएको अनुभव सुनाउने उनी खासगरी आफ्नै देशको माटोलाई आधार बनाएर साहित्य कोर्ने गरेको बताउँछिन् ।
पराइ भूमिमा रहँदा आफ्नो कर्मभूमिलाई नसम्झने अपवादमा मात्र होलान् । सवी बेलायतको रंगीन सहरमा रहँदासमेत आफ्नो आमाको सबै भन्दाबढी याद आउने बताउँछिन् । कामको व्यस्ताले त्यता हुने साहित्यिक कार्यक्रममा उनी त्यति सहभागिता जनाउँदिनन् । तर, सिन्धु साहित्यको उत्थानका लागि भने उनी क्रियाशील प्रवासी साहित्यकार हुन् । नेपालमै बसेर साहित्य साधनामा लाग्ने इच्छा हुँदाहुँदै पनि प्रवासिनु तितो यथार्थ भएको स्वीकार्दै उनले आखरेनीसँग भनिन्, ‘विदेशिनु बाध्यता हो । नेपालमै यहाँको जस्तो अवसर भएको भए कमाउनकै लागि कोही बाहिरिनु पर्दैनथ्यो ।’ श्रेष्ठ विदेश रहँदाको अनुभव र भोगाइले बढी साहित्य लेखनमा आकर्षित गरेको बताउँछिन् ।
२००७ जनवरीदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका भोटसिपाका २३ वर्षीय इन्द्रमणि नेपाल अझै उतै छन् । उनी कतारको अलखोरस्थित प्रतिष्ठित कम्पनीमा कागजात व्यवस्थापनको काम गर्छन् । परिवारदेखि टाढा हुनुका अतिरिक्त आफ्ना ठाउँमा आउने अवसरबाट बञ्चित हुनु नै विदेश बस्नुको पीडा भएको बताउने उनलाई विदेशमा रहँदा आफ्नो परिवारको यादले सताउँछ । कतारको साहित्यिक माहोलमा रमाएका उनी कतारका क्रियाशील साहित्यकारहरुको पंक्तिमा पर्छन् । 
कतारस्थित नवोदित साहित्यिक मोबाइल पुस्तकालय र अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरमा रहेर साहित्यको विकासमा होमिएका नेपाल कार्यालय समयबाट फुर्सदिलो हुँदा र नेपालमा रहेका आफन्तहरुको सम्झना आउँदा साहित्य कोर्न थाल्छन् । मुलुकमा रोजगारीको अवसर नपाएर विदेशिएका उनी जीवनलाई संसारसँग नगरी नहुने युद्ध मान्छन् । कतारमै रहेर सिन्धु साहित्यको जगेर्नामासमेत पाइला चलेका उनी साहित्य विना जीवन अन्धकार हुने बताउँछन् । ‘साहित्य विनाको जीवन आत्मा विनाको शरिर जस्तै हो,’ उनले ओखरेनीसँग भने, ‘मानिसले कुनै न कुनै माध्यमबाट साहित्यलाई अंगालिरहेको हुन्छ । यसैद्वारा जीवनका हरेक पाइला अगाडी बढाइरहेका हुन्छन् ।’
कालिका–१ पुरानाकोटका हरिकृष्ण न्यौपाने पनि नौ वर्षदेखि कुवेतमा छन् । उनी पत्रकारितामा समेत क्रियाशील छन् । कुवेतमा रहेको क्यानडियन क्याफेमा सुपरभाइजरमा कार्यरत रहेका उनी आफ्नो जन्भमूमिको सँधै याद आइरहने बताउँछन् । ‘आफ्नो जन्मभूमि छाडेर विदेश बस्नु साह्रै पीडा हुन्छ,’ उनले भने, ‘विभिन्न चाड,पर्वहरुमा परिवारसँग छुट्टिनुपर्दा दुःख लाग्छ ।’ विदेशमा आफू विरामी हुँदा पाएको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उनी बताउँछन् ।
आफ्नो नियमित कामबाट फुर्सद पाएको बेला साहित्य र पत्रकारितालाई समय दिने न्यौपाने आफैँ सक्रिय भएर विभिन्न कविको जयन्तीको अवसर पारेर कार्यक्रमसमेत आयोजना गर्छन् । नेपाल पत्रकार महासंघ कुवेत शाखाको सचिवसमेत रहेका उनी मरुभूमिको कोसेली पत्रिकाका कार्यकारी सम्पादक, नेपाल कुवेत डट कमका सम्पादकसमेत हुन् । प्रायः एक्लो भएका बेला साहित्य सिर्जना गर्ने न्यौपाने धेरै दुःखी हुँदाको क्षणमा र आफन्तहरुको सम्झनाले विरक्त बनाएको बेला कविता कोर्छन् । 
विदेश रहँदा अन्य देशका नागरिकको इसारामा नाँच्नुपर्ने बाध्यताले हिनताबोध गराउने गरेको उनी सुनाउँछन् । ‘स्वदेशमा पर्याप्त स्रोत, साधनको कमीले नै हामीजस्ता युवा विदेशिन बाध्य छौं,’ उनले भने, ‘सुरुमा रहर भएपनि विभिन्न व्यवहारिक बाध्यताहरुकै कारण गुणस्तरीय जीवनयापनकै खातिर विदेश आएँ ।’ विदेश बस्नु यतिबेला रहर भन्दापनि बाध्यता र जिम्मेवारी भएको उनका अनुभूति छ ।
कतारस्थित नवोदित मोबाइल पुस्तकालय र सिन्धुपाल्चोक युवा सिर्जना समूहमा संलग्न रही निरन्तर साहित्य साधनामा लागेका साँगाचोक–९ पानीचौरका स्रष्टा विमल गिरी झण्डै ६ वर्षदेखि प्रवासी जीवन बिताइरहेका छन् । दोहास्थित एक प्रतिष्ठित कम्पनीका उनी एकोमोडेसन इञ्चार्ज हुन् । उनी २००८ जनवरीदेखि हालसम्म कतारमै छन् । 
देशकाल र परिस्थितिलाई सम्झेर विशेषगरी कविता र हाइकु विधामा कलम चलाउने गिरी प्रायः रातको समयमा सिर्जना कोर्छन् । ‘सिर्जना गर्दा देश प्रेमको गर्छु,’ उनले भने, ‘आफ्ना मनमा लागेका भावनालाई साहित्यमार्फत ओकल्न पाउँदा गर्व लाग्छ ।’ परदेशमा विरामी पर्दा र मरुभूमिबाट तातो हावा बहँदा परिवारको सम्झना धेरै आउने उनी बताउँछन् । अवसरको खोजीकै कारण विदेशिनु परेको बताउने उनी आफ्नो क्षमताअनुसार नेपालमा काम पाएको भए परदेश जानु नपर्ने तर्क गर्छन् ।
परदेशमा रहेरपनि सिन्धु साहित्यलाई उचाईंमा पु¥याउनुपर्छ भन्ने उनी साहित्यलाई मनको वह पोख्ने माध्यम ठान्छन्् । कतारमा क्रियाशील साहित्यकारहरुले जगाएको माहोलले नै उनी अझै बढी साहित्य साधनामा लागेको स्वीकार्छन् ।
नेपालमा भएका घटनाक्रम, अन्याय, दमन र अत्याचारदेखि युद्ध र अस्थिरतासम्मका विषयलाई प्रमुख बनाएर साहित्य सिर्जना गर्ने साँगाचोक जल्केनीका स्रष्टा ध्रुवकुमार थापा आठ वर्षदेखि अफगानिस्तानमा छन् । मायाप्रेम तथा वियोग सम्वन्धी रचनाका साथै परदेशको बसाईँमा देश र जनताप्रति समर्पित सिर्जना बढी गर्ने उनी खुलाउँछन् ।
वैदेशिक रोजगारीको सिलसिलामा अनेक किसिमका कामको अनुभव संगालेका थापा अहिले इन्भेन्टोरी क्लर्कको काममा व्यस्त रहन्छन् । कामबाट फुर्सद नहुने भएकाले उनी बेलुका सुत्ने बेलामा लेख्ने गर्छन् । ‘मन बहलाउनको लागि साहित्य सिर्जना गरिरहेको छु’ उनले भने । विदेश बस्नुको पीडा र कुण्ठालाई बयान गरेर साध्य नै नहुने बताउने उनको गाँउघर र परिवारको यादमा मन भतभती पोल्ने गर्छ ।
साहित्य गतिविधिमा हिँडेका पलहरु, चाडबाडमा गरेको रमाइलो, घाँसदाउरा र मेलापात गर्दाको क्षण र परिवारको धेरै याद सताउँछ उनलाई । देशमा रोजगारीको वातावरण भएको भए उनी विदेश पलायन हुने थिएनन् । ‘विदेश जानुको बाध्यता छ । त्यसमा बेरोजगारी पहिलो कारण हो,’ उनी भन्छन्, ‘जति संघर्ष गर्दा पनि स्वदेशमा रोजीरोटी गर्न नसकेपछि विदेशिएँ ।’ उनी स्वदेशमा शान्ति, सुरक्षा भएमा नेपालमा बस्ने निर्णय गरेको बताउँछन् ।
यी सिन्धुपाल्चोकमा जन्मेर रोजगारी या अध्ययनका क्रममा विदेशिएका केही प्रतिनिधि पात्र मात्र हुन् । साहित्यको गजल विधामा अब्बल मानिएकी चौताराकी नारी स्रष्टा सरु काली अहिले अमेरिकामा छिन् । त्यस्तै अर्का स्रष्टा पीपलडाँडाका सुरेश बुढाथोकी कतारमा छन् । डायस्पोरा साहित्यमार्फत उनीहरु सिन्धु साहित्यको विकासका लागि निरन्तर साधनामा लागिरहेका पात्र हुन् । त्यस्तै गजल विधाका सागर पराजुली संयूक्त अरव इमिरेट्सको आवुधावी सहरमा छन् । विशेषगरी कविता लेखनमा सक्रिय रहने प्रदीप न्यौपानेसमेत अहिले विदेशमा छन् । उनीहरु कामसँगै साहित्य साधनामा क्रियाशील छन् ।
प्रस्तुतिः किशोर बुढाथोकी

Saturday, December 7, 2013

रेडियो सुनकोशीमा स्रष्टासँगको भलाकुसारी कार्यक्रममा प्रस्तोता दिल कार्कीसँग म ,


कन्चन दाइ समाचार र कविता








किशमा किशोर
kishmapari@gmail.com

‘बाबु कविता लेख्दै हो ‘
‘हैन दाई समाचार हो ।’
‘समाचार’
उनी आश्चर्यमा परेको उनको अनुहारको प्रकृतिले बताईरहेको थियो ।
‘बाबु तँ समाचार नलेख् । मैले समाचार लेखेर के पाएँ यि हेर त म जे भएँ समाचार लेखेरै भएँ । मैले कविता मात्र लेखेको भएँ यस्तो हुदैनथ्यो ।’
‘किन र दाई ।’ सानो स्वरमा म बोलें
‘यहाँ समाचार लेखेर बाँच्न दिदैनन् । भावुक काका पनि समाचार लेख्दालेख्दै बित्नुभयो । म यो अवस्थामा छु । भोलि तैले पनि यो अवस्था भोग्नुपर्नेछ यो निश्चित हो । यसैले तँ कविता लेख् । तर समाचार नलेख ।’ मेरो सामु सधैं हाँसिरहने कन्चन दाई आज रिसाए । उनी यसरी रिसाएको मैले कहिल्यै देखेको थिईन । खै ! किन हो । म फेरि समाचार लेख्नपट्टी लागें । उनी ठिङ्ग उभिएर मलाई एकोहोरो हेरिरहॆ ।
‘समाचार नलेख् भनेको सुनिनस् ।’ एकाएक उनी आक्रोसमा आए । मैले समाचार लेखिरहेको कापीका सेता पन्ना झ्यालबाट हुर् याईदिए । पूर्वबाट बतासिदै आएको हावालाई हल्का चुम्वन गर्दै मेरो समाचार काँडाको झ्याङमा बजारिन पुग्यो । मैले झ्यालबाट मेरो समाचारलाई कन्चन दाईको आँखा छलेर हेरें । समाचार मलाई हेरेर रोईरहेको अनुभव गरें । त्यसपल आकाश मेरो समाचारलाई साथ दिईरहेको थियो ।
मलाई भोलि जसरी पनि पत्रिका निकाल्नु छ । मेरा संयौ पाठकका प्रतीक्षित आँखाहरुमा मैले रङ्ग भर्नुछ । एउटा जिम्मेवारी छ मसँग । भोलि बजारमा पत्रिका आएन भने मेरो प्रतिष्ठा त्यही झ्याङ्मा विलीन हुन्छ ।
समाचारलाई कसरी पठनीय कलात्मक र सुन्दर बनाउन सकिन्छ भनेर एउटै समाचारलाई दर्जनौं पटक नियाँलिरहने काचन दाईलाई आज समाचारप्रति किन यति ठूलो वितृष्णा यस्ता प्रश्नहरुले मेरो मनमा आपसी द्वन्द्व गर्न थाले । आज दाईले किन यसो गरें त्यो मैले बुझ्न सकेको थिईन ।
‘दाई ! भोलि त पत्रिका निकाल्नुपर्छ ।’
मेरो वाक्य भूँईमा खस्न नपाउँदै सिक्रोजस्तो नाडी समातेर राता-राता आँखा पार्दै भने- तँ अब मसँग हिँड् । म जहाँ छु तलाई त्यही लान्छु । काकाले समाचार लेखेर के भो मैले लेखेर के भो अब तैले लेखरे के पो गर्लास् ‘
उनले मलाई ताने म उनकै पाईला पछ्याउँदै हिडिरहें ।
पूर्णेको जूनले हाम्रो यात्रालाई सहज बनाईरहेको थियो । उनी अघि-अघि म पछि-पछि
एकछिनको मौन ब्रत तोडे दाईले
‘तँ पनि भोलि म जस्तै आतङ्ककारी हुने त हो नि ‘ आफ्नै साथीहरुले तँलाई टिक्न दिदैनन् । मेरो पत्रकारिता जीवनको पीडा म तँलाई कसरी सुनाऊँ
आतङ्ककारी शब्दले म झसङ्ग भएँ ।
झ्यालबाट सूर्यका पहेंला किरणहरुले मलाई गिज्याईरहेको थियो । काचन दाईले मलाई किन यसो भने । के म पनि समाचार लेख्दालेख्दै उनीहरुकै मा पुग्ने त हैन । मलाई मेरो आफ्नै मृत्युको सम्भावना दुख्न थाल्यो ।
‘भाई इश्वर दाई त मरेछन् नि । हिजो आर्मीहरुले जलवीरेमा मारेछन् ।’
काकाको छोराले मेरो विहानीपखको निन्द्रा भगाईदियो । उसको कुरा मैले अर्धनिन्द्रामै सुनें र बुझेपनि ।
त्यसबखत मैले केही बोलिन । केही सोचिन पनि केवल सम्झें मात्र ।
रातको ठिक ११ बजे । कुकर भुकिरहेका छन् । गटगट आर्मी हिँडेका आवाज मेरो कानमा निरन्तर गुिाजरह्यो । मैले झ्यालबाट चिहाएँ । सुनसान रातमा एक बटालियन सेनाका लस्करले बन्दुक मै पट्टी सोझ्यायो । मुटु आफ्नो ठेगानमा रहेन । टाउको फुत्त तानें अनि नयाँ जीवन पाएको कल्पना गर्दै सिरकमा गुट्मुटिएर सुतें । साँच्चै त्यसबखत आर्मी पुलिसहरुले जस्लाई बन्दुक सोझ्यायो त्यो त्यही ढल्थ्यो ।
त्यही मलाई बन्दुक ताक्ने बटालियनले दाईलाई मारेछन् । मैले यत्ति सोचें ।
रोऊँ रुन सकिएन हाँसौं कसरी मनभने भित्र भित्रै रोईसक्यो । मैले केही बोल्न सकिन ।
काकाको छोरो चुरोट तानिरहेको थियो । म सिरानीलाई अडेस लगाएर त्यत्तिकै टोलाईरहें ।
‘बुबाहरु चौतारा आईसक्नु भो । जलवीरे जाने रे । म तँलाई जाउँ भन्न आएको ।’ चुरोटको अन्तिम सर्काे तानेर मलाई भन्यो-’छिटो उठ् हामी पनि जानुपर्छ । सुनिल दाईहरु पनि आएका छन् ।’ मलाई उसको कुरामा एकरत्ति भ्ाु्यालबाटै बाहिरी परिवेश नियाँले । किन-किन वसन्त ऋतुको मौसम उराठ पनि लाग्यो । आँखाभरि काचनदाईका तस्वीरहरु नाँच्न थाले । उनकै आग्रहमा लेखेको कविता सम्झिएँ । त्यसपल मैले गर्न सोच्न सकेको यत्ति हो ।
हामी सबै जलबीरे पुग्यौ । जलवीरे बजार आफै सुतिरहेजस्तो । बजारका छेउछाउतिर उभिएर हेरिरहेका मान्छेहरु हामीलाई काँचै खाउँला झै गरिरहेका थिए । सायद उनीहरु हामीलाई माओवादी या सुरक्षाकर्मीमध्ये केही सोचिरहेका थिए होलान् । ओसिलो विहानीमा हामी निन्याउँरो अनुहार लगाएर घटनास्थलतर्फ लम्किरहेका थियौं । सडकैसडक एकधुनमा हिडिरहेका हामीलाई त्यो ज्यानमारा घुम्ति आएको पत्तै भएन ।
मूलबाटो भन्दा ५ मिटर जति मुन्तिर खेतमा पानी लैजाने एउटा सुघुरो कुलो । त्यसभन्दा मुनि हरियो चौडिलो चौडिलोको मध्यभागमा घोप्टो अवस्थामा मुढोझैं लडिरहेको एउटा लास…। त्यसभन्दा तल्लो चौडिलोमा कोल्टे फर्केको अर्काे लास… । त्यो भन्दा मुनि ब्रम्हायणी नदीको किनार… । मैले दुवै लासलाई एकनासले हेरिरहें कुन चाँही कन्चनदाई थिए मैले ठम्याउन सकिन । कन्चनदाईको हत्या भएको कारणले आकास रोएको हो या मैले त्यस्तो महसुस गरेको हो मेरो अनुहारभरि पानीका छिटाहरु तप्किरहेका थिए । सानो क्षेत्रफलमा बग्रेल्ती उभिएका सग्ला रुखहरु काचन दाई नउठ्ने गरी सुतेकामा रोईरहेका थिए । तिनै रुखका आँसुहरुले फेदमा उभिईरहेको म माथि क्रम क्रममा भिजाईरहेका थिए मलाई । त्यसबखत मैले नियालेको आकास कालो बादलको आँचलले ढक्क ढाकेको थियो । पारी किनारमा सेता बकुल्लाहरु हामीलाई हेर्दै झोक्राइरहेका थिए । समग्रमा सिङ्गो प्रकृति राईरहेको थियो । हामीसँग एउटै अंगालोमा समाहित भई । हामी सबै एकनासले साँघुरो कुलोमा टक्क अडिईरह्यौं या भनौं लासछेउमा जाने हिम्मत हामी कसैमा थिएन ।
काका तल ओर्लनुभयो । माथिल्लो लासलाई पल्टाउनुभयो । हामी सबैले एकैचोटी सास फेर् यौं । ऊ काचन होईनरहेछ । फेरि तल्लो लाससामु पुगेर टक्क अडिनुभयो । हामीपट्टी हेर्नुभयो । त्यो हेराईले के बतायो कुन्नि हामी सबै एकै साथ काका सामु पुग्यौं ।
उमेरले सबैभन्दा काँचो थिएँ म त्यसैले होला उभिन सकिन । थचक्कै बसें । काकाहरुले लासलाइ पल्टाए । मैले आफैसँग चिहाएर हेरें अनि उठें । लास हत्पति चिन्न सक्ने अवस्थामा थिएन । झुस्स दाह्रीभएको अनुहारलाई सबैले नियाले । जुन लासलाई हामीले हेरिरहेका थियौं त्यसको दुईवटा दाँत बाहिर निस्केको देखियो अब सबैलाई विश्वास भयो र सत्य पनि । त्यो कन्चन नै थिए ।
सबैले बास्तविकता आफ्नै आँखाले देखे । एकैचोटी कोलाहल मच्चियो क्रन्दन रोदन र चित्कारले वातावरण फरक भयो । म झण्डै १०० मिटर पर गएर घोप्टिएँ । हामी शोकमा डुबेको सिङ्गो जलवीरे बजारले नतमस्तक हेरिरह्यो । ब्रम्हायणी नदी स्थिर भईनन् । खोलापारी भीरका चट्टानहरु हामी रोएको दृष्यलाई तमासा मानेर हेरिरहेका थिए । हामी एकले अर्काेलाई सम्झाउँदै आफैं रोईरहेका थियौं । त्यसबखत हामी र हाम्रा घटनाक्रमलाई तमासा मानेर हेर्ने त्यो चट्टानलाई के थाहा आफ्नो लेख रचनाबाट सबैमा चेतना जगाउने स्रष्टा काचन अब रहेनन् भन्ने कुरा । आफ्नै सुरमा बगिरहेकी ब्रम्हायणीलाई के थाहा समाज विकासको एउटा अभियन्ता अब रहेनन् भन्ने कुरा जलवीरे बजारलाई के थाहा त्यही बजार र आसपासका शोषित उत्पीडित वर्गको खातिर कलम चलाउने योद्धा अब रहेनन् भनेर ।
‘सिन्धुपाल्चोकको जलवीरेमा गएराती दुई आतङ्ककारीको मृत्यु । मृत्यु हुनेमा काचन पि्रयदर्शी भनिने इश्वरकृष्ण बुढाथोकी र सुमन भनिने ……… श्रेष्ठ ।’
काचन दाईको पार्थिव शरिरलाई अन्तिम दहसंस्कार गरेर फर्किरहेका हामीले कुविण्डेको फेदीमा रहेको एउटा घरमा बजिरहेको रेडियो सुन्यौं जहाँ यही समाचार बजिरहेको थियो । दर्जन अधिक कन्चनका आफन्तहरु एउटै गोलबन्धमा बसेर हामी समाचार सुनिरहेका थियौं । हाम्रा कन्चन मारिए यो सत्य थियो । गोलबन्धमा कन्चनका बाबु थिए । भाई थिए । भतिजा थिए । ज्वाई थिए । साथी थिए । सबै आफन्त थिए । दिउँसो तीनबजेको यो समाचारले हामी कसैलाई स्तव्ध बनाएन । न कसैले विलौना गरे । कोही रोएनन् । न त कसैको शिर नै निहुरियो । किनकि जति विलौना गर्नु जति रुनु सबै रोईसकेका थिए । सायद सबैका आँखाका आँसु रित्तिसकेका थिए ।
समाचार सुनिसकेपछि हामी सबै कुविण्डेको उकालो चड्न थाल्यौं । सबै मलिन अनुहारमा नुन खाएका कुखुराजस्तै भएका थियौं । जलवीरेबाट हिडेको झण्डै दुई घण्टासम्म कोही बोलेनन् । म मनमनै सोच्न थालें ।
‘साला बटालियन ! आखिर कन्चन दाईलाई मारेरै छाडिस् हैन ‘
हामी चौतारामा आईपुग्यौं । मलाई सबैभन्दा बढी दुःख यहाँनेर लाग्यो । एमाले पार्टी कार्यालय अगाडि आफूलाई सच्चा एमालेका बरिष्ठ नेता मान्नेहरु हामीलाई हेरेर हाँसिरहेका थिए । मलाई यस्तो लाग्यो कन्चन दाई मार्ने बटालियन सेना हैन एमाले हो । एमाले छाडेदेखि नै कन्चनदेखि रुष्ट भएका नेताहरु आफूले जितेको भन्दै हाँसिरहेका जस्ता लाग्थे । उनीहरुको उल्लास देखेर यो सहजै ठम्याउन सकिन्थ्यो कि बर्षौपछि इच्छाको प्राप्ति आज भएको छ । मैले सुनेको कन्चनले एमालेका लागि धेरै गरे । एमालेकै लेखनदास भए । गाईने भए । कलम बोक्ने कार्यकर्ता भए । तर एमालेले अपमान बाहेक केही दिएन । माओवादीमा प्रवेश उनी त्यसै भएनन् । एमालेको उनीमाथिको अत्याचारविरुद्ध रोष पोख्ने माध्यम थियो माओवादी प्रवेश ।
भूमिगत भएपछि पहिलो र अन्तिमपल्ट भेटेका काचन दाईले छुट्ने बेलामा सायद त्यसैले भने होलान् मलाई ‘बाबु तँ एमालेमा कहिल्यै नलाग है ।’ कन्चन दाईको यो अन्तिम बोली मेरो लागि अमिट बन्यो । मेरो मानसपटमा सधैं घुमिरहन्छ । यही वाक्य सधैं गुन्जिरहन्छ जब हरेक दिन चौतारामा कन्चन मारिएकोमा हाँसी-हाँसी विजयजुलुस मनाएका नेताहरुलाई देख्छु । एउटा शालीन व्यक्तिलाई सिङ्गै जमिनमुनि गाड्नुको पीडाले क्षतविक्षत भएको मेरो हृदय शोकयात्रा अवधिभर पलपल दुख्यो । काचन मारिएको खबर चारैतिर फैलिसकेकाले एउटा वर्ग बाहेक सबै रोएका थिए । साँच्चै त्यसपल पीपलडाँडाका पीपलहरु पनि साहै्र रोए ।
कञ्चन प्रियदर्शी
म यतिबेला कन्चन दाईलाई सम्झिरहेको छु । कन्चन दाई बाँचेका भए…॥ । एउटा अलौकिक कल्पनाको सागरमा डुबुल्की मार्नु बाहेक मेरो उपलब्धी वर्तमान परिदृष्यमा केही हुनेछैन । तै पनि काचन दाई बाँचेका भए…। । म कल्पना गरिरहेछु । उनकै भावनामा अनुवाद भएँ म । उनैले कुल्चेका माटोहरुलाई हरेक विहान स्पर्श गर्दै म आफ्नो भविष्यको खाका कोर्ने गर्दछु । उनकै अपूर्ण सपनाहरुलाई पूर्णतामा बदल्न म अहोरात्र ‘कन्चन’ जप्दैछु । तर यतिबेला मलाई त्यो घाउ दुखिरहेछ । जुन दिन मैले काचनको मुखमा ब्रम्हायणी नदी किनारको माटो हुर् याईदिएँ । र अन्तिमपटक अनुहार हेरें । अनि महसुस गरें । मलाई अन्तिम वाक्यले फेरि अनुरोध गरिरहेको छ । ‘बाबु तँ एमाले नबन है !’
एकाविहानै म घरबाहिरको गए रातीको सपनाको नायक काँडाझ्याङमा पुगें आफ्नो समाचार खोज्न । काँडा मलाई हेर्दै हाँसिरहेको प्रतित भयो मलाई । मेरो आगमनमा हाँसेको काँडालाई बेलुकीको सपना अनि कन्चन दाइ सम्झेर अंगालो हाल्न मन लाग्यो । म पूर्ण चेतनामा थिएँ । ती काँडाले मेरो शरिरमा खोपिरहँदा म पक्कै रुँन्नथें । मलाई पीडाबोध हुदैनथ्यो । जति पीडा आज कन्चनदाइ नहुदाँ भइरहेछ ।
‘बाबु तँ समाचार नलेख् ।’ हिजो राती सपनामा कन्चनदाइले बोलेको वाक्यांश सम्झिएँ काँडा झ्याङमै बसेर ‘सूर्य’ सल्काएँ । र सोचे-’कन्चन’ दाइले किन यस्तो भने मेरो अनुत्तरीत प्रश्न आफैभित्र हरायो । ‘सूर्य’को मन्द रापले माईली र साँईली औंलालाई एकैचोटी चुम्वन गर्दा झस्किएछु म । मनमनै उत्तर दिएँ ‘दाइ बटालियनका आँखा अझैसम्म मलाई तरवार लाग्छ उनीहरुले हेर् यो कि म छिनिहाल्छु ।’ तर दाइ तपाईको समाचार प्रति कि यति ठूलो वितृष्णा ‘
मैले दाइलाई सम्झिएर अठोट गरें-’म आतङ्ककारी हुने छैन तर तपाइसँगको बाँकी हिसाव म मिलाउँछु । तपाइले भनेझैं म ‘ समाचारलाई पेसा नबनाइ कविता लेख्छु ।’
दाइ बटालियनका आँखा अझैसम्म मलाई तरवार लाग्छ उनीहरुले हेर् यो कि म छिनिहाल्छु । ‘तर दाइ तपाईको समाचार प्रति कि यति ठूलो वितृष्णा
मैले दाइलाई सम्झिएर अठोट गरें- ‘म आतङ्ककारी हुने छैन तर तपाइसँगको बाँकी हिसाव म मिलाउँछु । तपाइले भनेझैं म ुसमाचारुलाई पेसा नबनाइ कविता लेख्छु ।’
टाउको उठाएर काचन दाइलाई सम्झिएँ । उनी फिस्स हाँसेको अनुभूति भयो ।

अझै सामयिक छन् भावुकका सिर्जना

 किशमा किशोर
कान्छो बुबा पैसा दिनु न ! ओसिलो विहानीमा हामी पारिलो घाम तापेर खेलिरहँदा उहाँ खिलबहादुर भ पैसा पाउने आशाले दैनिक यही वाक्य दोहोर् याउँथ्यौं । ए पैसा॥ टक्क उभिएर हामीलाई एकनासले हेर्नुहुन्थ्यो उहाँ म भोलि दिउँला है । हामी हवस् भन्दै हाम्रो ढुङ्गामाटोको घर बनाई खेललाई निरन्तरता दिन्थ्यौं सम्झना ताजै छ । त्यसपल उहाँका आँखा केही खोजिरहेझैं हाम्रा मैला निरीह अनुहारमा केन्द्रित हुन्थ्यो । सायद हाम्रो भविष्य नियालेको हुनसक्छ । दाहिने हातमा कालो डायरी हाफ चेकसर्टको देव्रे छातीमा सधैँ सजिईरहने २ थान कालो पाइलट पेन देवकोटाको चित्र झल्कने गरी ठूला निधारको प्रदर्शन सायद त्यसैले उहाँको पथ पहिल्याउँथ्यो होला । बेला-बेलामा केही सोचेझैं गरी उहाँले आकाशतिर टोलाउँदा हामी बालबच्चाको एउटा जम्बो टोली उत्साहित हुन्थ्यौं र हामी पनि उहाँले जस्तैगरी हेरिरहन्थ्यौं त्यो शून्य अनि नीलो आकाश । उहाँको छातीमा सधैं टल्कने दुईमध्ये एक पाइलट पेन दिए हुन्थ्यो भन्ने आशामा हामी सधैं रहन्थ्यौं । एक आपसमा प्रतिस्पर्धा नै हुन्थ्यो उहाँलाई रिझाउन । जुन एउटा पेनको स्वार्थको लागि हुन्थ्यो ।
भोलिपल्ट कान्छो बुबा आउने बाटोमा आँखाहरु बिच्छाइरहन्थ्यौं । पैसा पाउने आशमा प्रतिक्षित आँखा एकटकले बाटो नियालिरहेको हुन्थ्यो । उहाँ आउनुहुन्थ्यो हामीलाई स्नेहपूर्वक हेर्नुहुन्थ्यो । प्रेमपूर्वक सुम्सुम्याउनुहुन्थ्यो तर पैसा भोलि दिन्छु भन्नुहुन्थ्यो । ती घटना परिघटना अझैसम्म मानसपटलमा ताजै छन् । त्यसबेला कान्छोबुबा चौताराबाट आउनुहुन्थ्यो र भन्नुहुन्थ्यो बाबु राम्ररी पढ् है ! हामी म लगायत मेरा समकालीन् दौंतरीहरु भोलि पैसा पाउने आशमा हवस् भन्थ्यौं । यो क्रम दिन हप्ता र महिना गर्दै वर्ष बिते तर कान्छो बुबाको भोलि कहिल्यै आएन ।
  •  
र अन्त्यमा प्रस्तुत कृतिका सर्जक स्वर्गीय खिलबहादुर भावुकप्रति श्रद्धााजली । दुःखी प्रकाशनद्वारा प्रकाशित उहाँको गीतिसंग्रह अहा उफ र व्यथाका गीतहरु कृतिको प्रकाशकीयको अन्तिम यो वाक्यलाई दोहोर् याई-दोहोर् याई पढें । गए राति ।
वर्षौपछि मेरो आँखा रसायो उहाँ अर्थात् भावुक सिन्धु साहित्यका स्रष्टा मात्र नभई मेरो कान्छोबुबा पनि हुनुहुन्थ्यो । हामीबीचको सामीप्यता केवल नाममा मात्र सीमित रह्यो आजसम्म पनि । उहाँ सच्चा साहित्यकार हुनुहुन्थ्यो म अझै कलम घिसार्दै छु । भावनाको मात्र नभई उहाँसंगको निकटतम् नाता रगतमा छ । कुलमा छ । निकटतामा थप आत्मीयता हँुदोरहेछ । परेली छामेर मैले यही अनुभव गरें । त्यसैले होला सायद म उहाँलाई अझै जीवित नै ठान्दछु तर अहा उफ र व्यथाका प्रकाशकीयमा घोषणा गरिएको स्वर्गीय शव्दले पैसाको लागि भोलि पर्खिरहेको मेरा आँखामा मूल फुट्नु स्वाभाविकै थियो । स्रष्टा कहिल्यै मर्दैनन् मर्ने भए उनका कविता मर्छन् । उनका भावना मर्छन् । यदि खिलबहादुर मरेकै हो भने हामी उहाँका कविता अझै किन पढिरहेका छौं त कविता पनि मर्नुपर्ने हो । आजसम्म पनि उहाँका कविता सान्दर्भिक छन् । हामी आफैं खोजी-खोजी पढिरहेका छौं । साहित्य पाठकका लागि लेखिन्छ । जस्को आफ्नै लक्षित वर्ग हुन्छ । मैले जानेसम्म बुझेसम्म अनि सुनेसम्म कवि भावुकका पाठक सबै थिए ।
जीवन कल्पनाले बाँचिदैन । व्यवहारसंग हात मिलाउनैपर्छ । जीवन भोगाईका अनेकन जालीय घुम्तीहरुमा श्रृङ्खलावद्ध रुपले आइपर्ने चुनौतिका पहाडहरु फोरेर भोलिको सपना देख्ने गर्छन् मानिसहरु । त्यसैले त हरेकको जीवन महत्वपूर्ण छ र रहस्यमय पनि । मेरो नजरले देखेको यहि श्रृङ्खलाको एउटा पाटा हुन्- खिलबहादुर भावुक ।
मान्छे मात्र होइन साथी ढुङ्गा पनि बोल्छ
आगोको त कुरै छाडौं पानीले त पोल्छ
किन किन कता-कता मेरो मन रुन्छ
आफ्नो भन्नु आँखा पनि आँसु झरिदिन्छ
म जन्मनुभन्दा पनि झण्डै एक दशक अगाडि रचिएको भावुकका यी कविताका हरफले कविता रचिएको झण्डै साढे तीन दशकपश्चात् मभित्रको कवित्व जागृत गराउन प्रेरित गरिरहेछ । यी कविताका हरफहरु पढेर यसपल म भावुकलाई सम्झिरहेछु । शिष्ट सालिन साँच्चिकै भावुक कवि भावुक ।
सरल शव्दमा गहकिला भावले सजिएका कवि भावुकका कविताहरु वास्तवमै धनको सन्तोषले दिने आनन्दभन्दा मनको सन्तोषले दिने आनन्द ज्यादा हुने प्रत्याभूति दिलाउँछ । कवितासंग्रह आस्थाको आवाज गीतिसंग्रह अहा उफ र व्यथाका गीतहरु पढेपछि आमपाठकहरु उनको कलात्मक शैली सिल्पले कुँदिएका शव्दका लहरहरुमा डुबुल्की मार्छन् । जुन निरन्तर चलिरहन्छ । वास्तवमा मानवताको सन्देश बोकेको छ । चेतना अभिवृद्धि गराउने स्तरका छन् उहाँ अर्थात् कवि भावुकका कविताहरु ।
म जुनै प्रसङ्ग र कविताको जुनसुकै हरफहरुलाई आलिङ्गन गरेर छातिमा हात राखी स्वीकार्न सक्छु । र घमण्डीपन देखाउन पनि सक्छु । भावुकका भाव भावुकका कविता सिन्धु साहित्यिक इतिहासमा पृथक छन् र अमूल्य छन् किनकि भावुकका जस्ता विचारणीय शव्द केलाउने कला त्यसको निष्कर्ष सिन्धुका अन्य कविले आजसम्म पनि दर्शाउन सकेका छैनन् । आस्थाका आवाजभित्रका प्रायः कविताहरुले समाजको यथार्थ चित्र कोरेको छ । तत्कालीन समय राज्यसत्ता परिवेश देशको स्थितिको सजीव चित्र कोरेका ती कविताहरु यतिबेलाको देशको लागि एउटा स्वर्णीय इतिहास बन्ला तर समय फर्कदैन । ती कविता कालो इतिहासमै सीमित रहन्छ किनकि यतिबेलाको साहित्यिक परिवेश पूर्णरुपले राजनीतिमय भएको छ । विचार नमिल्ने नाममा फुटेको आँखाले हेर्दैनन् । आफ्नै धारका कलंकित शव्दहरु थुपारेर जबर्जस्ती साहित्य भनेर नामाकरण गर्ने साहित्यकारहरुलाई पैसा र शक्तिको पहुँचमा पृष्ठपोषण गरिन्छ÷सम्मान गरिन्छ ।
राजनीतिक कार्यकर्ताको बिल्ला भिरेकाहरुलाई आफ्नै पार्टीको मातहतका संघसंस्थाहरुद्वारा सम्मान गरिने होड नै चल्छ । त्यो वा त्यस्तो प्रवृत्तिको नामोनिशान जबसम्म हुँदैन तबसम्म भावुक जस्ता कालजयी रचनाका सिर्जनाकारलाई सम्झने आँट कसैले गर्दैनन् । मै ठूलो मै जान्नेसुन्ने भनाउँदाहरुको रामछाँया प्रवृत्तिले अमर सिर्जनाका रचनाहरु छाँयामा परेका छन् र यो पनि हो भोलि-भोलिसम्म पनि छाँयामा परिरहने छन् । यो तीतो सत्य क्रमिकरुपमा यसरी वृद्धि हुँदैछ किनकि जिल्लामा नेपाली भाषा साहित्यको उत्थानका निमित्त काम कार्वाही गर्ने देशका गहना मानिने स्रष्टा सर्जकलाई उत्साहित गराउने जस्ता कार्यहरु गर्ने हिम्मतिला छाती भएका कोही छैनन् ।
जिल्लामा अझैपनि मवादी प्रवृत्ति हावी छ । कसले साहित्य कृति निकाल्दै छ त्यो चासोको विषय हुन्छ । कुन नेताले कविता लेख्यो त्यो पनि चासोको विषय हुन्छ । प्रभातिप्रहरको चियापसलदेखि सन्ध्याकालीन् भट्टीहरुमा फलानाले पहिला कविता लेख्यो पुस्तक प्रकाशन गर् यो जस्ता संवादहरुमा दोहोरिन्छन् तर कसले उत्कृष्ट सिर्जना गर् यो कसले साहित्यमा अब्बलता प्रस्तुत गर् यो सिन्धु साहित्यको उत्थानको लागि संरक्षणको लागि कसको कति योगदान भयो त्यसको चियोचर्चो गर्ने कोही छैनन् । म कम्युनिष्ट तँ प्रजातान्त्रिक भनेर आफ्नो वर्ग छुट्याउनेहरु आफै कलंकभित्रको हाँस्यपात्र बन्न पुगेका छन् । यो सिन्धु साहित्यको वर्तमान परिदृष्यले पनि बताउँछ ।
हामी हरेक साल भावुकलाई सम्मान गर्छौं । भावुक जयन्ती मनाउँछौं । उनका रचना पढ्छौं र उनलाई सम्झन्छौं । यहाँ व्यक्ति व्यक्तिमा प्रश्न उठ्ला भावुकलाई सम्झनुको औचित्य के भावुक जयन्ती किन मनाउने के उनका रचना कालजयी छन् के अझैपनि उनका रचना सामयिक छन्
यी र यस्ता प्रश्न त्यसले सोच्ला या सोध्ला जसले भावुकलाई राजनीतिक भागबण्डामा पार्छ । जसले भावुकको नाममात्र सुनेको छ । जसले भावुकका रचना पढेका छैनन् ।
वास्तवमै साहित्यमा मानिसको जीवन लेखिन्छ । उसको परिभाषा लेखिन्छ । त्यसैले हामी कवितामा जीवन देख्छौं । कतिले नदेख्लान् त्यो छुट्टै पक्ष किनकि हेर्ने शैली फरक हुन्छ । दृष्टि फरक हुन्छ । कविता चेतना हो । भावुकका कविता तथा अन्य साहित्यिक सिर्जनाहरुले बताएको पनि यही हो । जोसँग जति बुझ्ने क्षमता हुन्छ त्यसले त्यति मात्र बुझ्छ । भावुकले आफ्ना कवितामार्फत् जीवनको सम्पूर्णता दर्शाएका छन् । जुन अन्य कविहरुले त्यसको प्रयोग नै गर्दैनन् वा भनौं भावुकका शैली नै पृथक छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने जीवनलाई पूर्णतामा अनुवाद गरेर कलात्मक साहित्य सिर्जिन रचनाकारले पहिला जीवन बुझ्नु जरुरी हुन्छ ।
मैलै भावुकका आँखामा जे देखें उहाँका शब्दहरुमा जे पाएँ उहाँका प्रतिविम्वहरुमा जे खोज्छु; ती सबै पूर्ण छन् । म यतिबेला कल्पना गरिरहेछु । जसले जति आदर्शका कुराहरु गरेपनि उहाँमा जति चेतना आजका मान्छेमा किन छैन
यो सत्य हो समय फर्कदैन । हामीले अब कालजयी सिर्जनाका स्रष्टा खिलबहादुर भावुकसँग साक्षात्कार गर्न पाउँदैनौं । उहाँलाई सुन्न सक्दैनौं । प्रत्यक्ष संवाद गर्न सक्दैनौं । तर उहाँका कविता हामीसँग छन् । हामी त्यही कवितासँग संवाद गर्छौ किनकि उहाँका कवितामा चेतना छ । हामी त्यसैलाई अनुशरण गर्छौं । उहाँका पैतालाका डोबहरुलाई पछ्याउँदै उहाँले कुल्चनुभएका माटोलाई स्पर्श गर्छा ।
एउटा बाल मानसपटलमा अमीट बनेको भोलि घटनाको चित्रले वास्तवमा अलौकिक कल्पना गर्न वाध्य तुल्याउँछ । उहाँ फेरि मेरो समीपमा भोलि भन्न आउनुभए सायद मेरो जिन्दगीको ठूलो प्राप्ति नै त्यही हुने थियो । तर यसपल म लाचार छु । मेरो कवित्वको धड्कन यस्तो भन्दैछ ।
माथ्लो गाउँकी सानीले
उसकी आमालाई
राति उदाएको तारामा देखिन् रे
त्यसैले हर पूर्णेको साँझ
ऊ तारा नियाल्छे ।
कवि
मैलै कविताका हरफमा तिमीलाई खोजें
र तिमीमा अनुवाद भएँ
आठ÷बाह्र छलेर
तिम्रा शब्द नियालँे
अमूर्त छाँयाजस्तो देखेँ
ती शब्द
आँसु रहेछन् बगिहाल्ने ।
तिमीले सुसेलेका व्यथा सुनेँ
तिम्रा आस्थाका आवाज सुनेँ
अचेल म पिँजडाको चरी भएको छु
तिम्रो अनुपस्थितिमा
साँच्चै यसपल म
तिमीलाई ताराहरुमा खोजिरहेछु
माथ्लो गाउँकी सानीसँगै
ए ! कवि महोदय
भन न तिमी कहाँ छौं
म भोलिको प्रतिक्षामा छु ।