Tuesday, February 18, 2014

जन्मभूमिलाई उपहार; ‘सिन्धु–गीत’

संयौ सपुतलाई जन्म दिने हाम्री आमा.... सिन्धुपाल्चोक
जलस्रोत पर्यटन कृषि र व्यापारको अपार सम्भावना सिन्धुपाल्चोक
सञ्चारकर्मी रेवती सापकोटाको शब्द रहेको यो गीत अहिले सिन्धु मनहरुको ओठमा झुण्डिएको छ । जिल्लाको सौन्दर्य झल्कने यो गीतका गायक स्रष्टा चेतन सापकोटा पनि गीतसँगै सिन्धुमाझ लोकप्रिय बने । जिल्लाको बतासे गाविस जर्केबारीमा ३७ वर्षअघि जन्मिएका सापकोटा अहिलेका नेपाली संगीत मनमा छाएका युवा हुन् ।
नेपाली संगीत क्षेत्रमा चेतनको बढ्दो उचाईं सिन्धुवासीका लागि गौरव हो । आफू नेपाली संगीतको क्षेत्रमा जति नै उचाईंमा पुगेपनि सिन्धुका लागि वचन मात्र होईन कर्मले पनि ‘केही’ गर्ने प्रतिबद्धता जनाउने सापकोटाले वास्तवमै सिन्धुपाल्चोकका लागि भनेका मात्र गरेका पनि छन् ।
माथि प्रस्तुत गीति अंश उनैले संगीत भरेका र गाएका हुन् । जुन अहिले सिन्धुवासीको मन–मनमा रहेको छ । २०६८ मंसिरमा भएको सिन्धुपाल्चोक महोत्सवको सन्दर्भलाई लिएर गाइएको यो गीत उनी सिन्धुपाल्चोकलाई उपहार दिएको बताउँछन् । ‘सिन्धुभूमिकै पाखाबाट मैले गीत सिकें, यहाँसम्म आइपुगे,’ उनी भन्छन्, ‘धेरै वर्षअघिदेखि जिल्लालाई केही दिउँला भन्ने थियो, यही गीत दिएँ ।’ हतारको बेला तीन दिनमै तयारी पूरा गरेको यो गीतले यति उचाईं पु¥याउँछ भन्ने उनर्ला थिएन । शब्द र संगीत उत्कृष्ट भएकाले सिन्धुवासीको ओठमा यो गीत झुण्डिएको भने उनी स्वीकार्छन् । ‘यो गीतसँगै म आफै सफलताको सिढीं चढ्नुमा जिल्लावासीको ठूलो भूमिका छ,’ उनी गर्वसाथ भन्छन्, ‘गीतमा जिल्लाको सौन्दर्य झल्किएकाले सबैले मन पराईदिनुभयो ।’ हुन पनि यो गीत अचेल जिल्लाका विद्यालयसहित अन्य शुभकार्यहरुमा ‘सिन्धु–गीत’बनेर गुञ्जिने गरेको छ ।
गीतले सिन्धुको विकास बोलेको छ । सापकोटा यो गीतको भावलाई नेता तथा सिन्धु विकासका अभियन्ताहरुले अनुशरण गरे भने भाषणको जरुरी नभएको तर्क राख्छन् । ‘जिल्लाका नेताहरुले गीतले बोलेको भाव कसैले पूरा गरेका छैनन्,’ उनी भन्छन्, ‘गीतको आग्रही भावलाई पालना गरे जिल्लाको विकास हुन्छ ।’ उनी जिल्लाको विकासमा सरोकार राख्नेहरुले यो गीतलाई एकपटक गहिरिएर सुन्नुपर्ने जिकिर गर्छन् ।
महोत्सवका आयोजकले आग्रह गरेर सापकोटाले तयार पारेको यो गीतले वास्तवमै सिन्धुको विकास र सम्भावनालाई उजागर गरेको छ । जिल्लामा भएको पर्यटन, कृषि, जलस्रोत, व्यापारको खानीबाट हुनसक्ने आर्थिक समृद्धिको ढोकालाई खुलाईदिएको छ । वास्तवमै भन्नुपर्दा सिन्धुवासीको गौरवका लागि गरिएको महोत्सवको प्रमुख उपलब्धी यो गीतमात्रै बनेको छ । सापकोटा महोत्सवले गरेका प्रतिबद्धताहरु पूर्ण रुपमा कार्यान्वयन नभएकोमा दुखेसो पोख्छन् ।
आमा दीपकुमारी सापकोटा र पिता गोविन्दप्रसादको कोखबाट जन्मिएका उनले बतासेमा रहेको तत्कालीन कालिका प्राविबाट औपचारिक अध्ययन सुरु गरेका थिए । शैशवकालदेखि नै गीतसंगीतप्रति लगाव राख्ने उनी गाउँका वनपाखामा गाउने गीतले नै आकर्षित गरेको बताउँछन् । विद्यालयस्तरदेखि नै गीत गाउन थालेका उनले ५० भन्दा बढी नेपाली चलचित्र र आधा दर्जन टेलिश्रृृंखलामा स्वर र शीर्षसंगीत दिइसकेका छन् । चलचित्र दादागिरीको तिम्रो आँखामा बस्ने रहर भो मलाई...बाट नेपाली चलचित्रमा स्वर दिन सुरु गरेका उनले अजम्बरी नाता, निखिल दाई, अभिमन्यू, दोस्तीलगायतमा स्वर र संगीत भरिसकेका छन् ।
गीत÷संगीतकै दौरानमा नेपालका सबै जिल्ला घुमेर सबै ठाउँका स्रोतालाई आफ्नो कला प्रस्तुत गरिसकेका उनले २ सय भन्दा बढी स्थानमा ‘स्टेज प्रोगाम’ दिइसकेका छन् । सामाजिक परिवर्तनका लागि चेतनामूलक गीत गाउन रुचाउने सापकोटा आफू व्यवसायिक कलाकार भएकाले जसलाई जस्तो चाहिन्छ त्यस्तै संगीत गर्न सक्ने दावी गर्छन् । ‘म किसान हुँ, जे पनि उत्पादन गर्न सक्छु,’ उनले आफ्नो क्षमता सुनाउँदै भने ।
गीतले आफ्नो माटोलाई छुन पर्ने तर्क राख्दै उनी गीत÷संगीत आम जनजीवनलाई छुने हुनुपर्ने बताउँछन् । ‘लोक शैलीमा माटो सुहाउँदो गीत हुन जरुरी छ ।’ उनी भन्छन्, ‘गीत सरल हुनुपर्छ ताकि सबैको ओठमा गुन्गुनाओस् ।’ जिल्लामा गीत÷संगीतको बजार साँघुरो भएकोमा उनी चिन्ता व्यक्त गर्छन् । फिल्म लाग्ने हल नभएकाले यहाँका स्रोताले गीत संगीत सुन्न नपाउने गरेको विडम्बना उनले सुनाए । उनी जिल्लाका स्रोतालाई गीत सुनाउनका लागि सदरमुकाममा एउटा चलचित्र हल बनाउन कोही व्यवसायीलाई आग्रह गर्छन् । ‘चलचित्रमा बजेको गीत सुनेर नयाँ पुस्ताले केही सिक्ने अवसर पाउँछन्,’ उनले भने, ‘सदरमुकाममा स्टेज प्रोगाम पनि गर्न मिल्ने र फिल्म चलाउन पनि मिल्ने हलको जरुरी छ ।’ सापकोटा कोही व्यवसायी अगाडि सरेर आए आफ्नो जिल्लाका लागि हल निर्माणमा सहयोग गर्ने बताउँछन् । ‘हल निर्माणका लागि म आफै कुर्सी र केही प्राविधिक सामग्रीहरु दिन सक्छु,’ उनले व्यवसायीलाई आग्रह गर्दै भने ।
नेपाली संगीतलाई उचाईंमा पु¥याउन तल्लीन सिन्धुपुत्र सापकोटा टेलिभिजनबाट प्रशारित हुने धेरैजसो हाँस्यश्रृंखलाका शीर्ष संगीत बनाएर र स्वर दिएर पनि चर्चामा छन् । हालै ११ वर्षमा प्रवेश गरेको चर्चित हाँस्यश्रृंखला तितो सत्यको शीर्ष गीतबाट पनि उनले स्रोताको वाही–वाही बटुलेका छन् । झिल्के कान्छाको शीर्ष गीत सुनेर प्रभावित बनेका तितोसत्य टिमले उनलाई गीत बनाइदिन आग्रह गरेको उनी बताउँछन् । ‘उदितनारायणको जस्तै स्वर भनेर प्रशंसा गर्दै मलाई गीत गाउन तितोसत्य टिमले आग्रह ग¥यो,’ उनले विगतका दिन सम्झँदै भने, ‘निर्मलजीको क्याफेमा कफि खाने क्रममा उनीहरुले मलाई शीर्ष संगीतका लागि आग्रह गरेका थिए ।’ संगीतमा स्नातक गरेका सापकोटाले तितोसत्यको टिमको आग्रहलाई स्वीकार्दै गीत आग्रह गरेको भोलिपल्टै सुनाएका थिए । सबैलाई मिल्ने गरि शब्दका केही अंश लेखेर एरेन्ज गरेका उनले पछि पूरै गीत दयाराम पाण्डेलाई लेख्न लगाएका थिए । तितो सत्य दस वर्ष पुगेर एघार वर्षमा प्रवेश गरेपछि त्यसको प्रोमो फेरिएको छ । अहिले चेतनकै संगीतमा प्रमोद खरेलले यसको शीर्ष गीत गाएका छन् ।
तितोसत्यको शीर्ष गीतको लोकप्रियताकै कारण नेपाली फिल्म उद्योगमा मौका पाएको उनी स्वीकार्छन् । तितो सत्यको चार भागसम्म संगीतको उस्ताज बनेर पर्दामासमेत देखिएका उनले संगीतका स्रोता जताततै भएपनि सहरभन्दा बढी गाउँमा माया पाउने गरेको सुनाए । ललित कला क्याम्पसमा संगीतमा स्नातक गरिसकेपछि शास्त्रीय संगीतका लागि भारत पुगेका उनले त्यहाँ पनि स्नातक गरे । कल्पवृक्ष, बदनामलगायत आधा दर्जनबढी सोलो एल्बम निकालेका उनले दर्जनबढी फुटकर एल्बममा गीत गाइसकेका उनले प्रयाग संगीत समिति इलाहावादबाट शास्त्रीय संगीतमा स्नातक गरेका छन् ।
नेपालमा पछिल्लो समय स्रष्टालाई निधनपछि मात्र सम्मान गर्ने चलन बढेको छ । मृत्युपछि मात्र स्रष्टाको चर्चा हुने गर्दछ । सापकोटा यसको विरोधि हुन् । ‘स्रष्टाले बाँचुन्जेल नेपाली समाजको हितका लागि काम गरेको हुन्छ,’ उनी भन्छन्, ‘त्यसको प्रतिफल उसले बाँचेकै बेला पाउनुपर्छ ।’ नेपालमा प्रतिभाका लागि बाँडिने पुरस्कारमा उनी राजनीति हावी हुने गरेको आरोप लगाउँछन् । संगीतकै उत्थानका लागि २०५२ सालदेखि संघर्षरत सापकोटा स्रोता, दर्शकको माया नै अवार्ड मान्छन् ।
तितोसत्यको शीर्ष गीतको सफलतापछि उनले जिरे खुर्सानी, मेरी बास्सैमा पनि शीर्ष संगीत गरे । टेलिश्रंखलामा गीत गाउनु र चलचित्रमा गाउनु उनी फरक सोच्छन् । ‘टेलिश्रृंखला हप्तैपिच्छे आउँछ, चलचित्रमा एकचोटी मात्र गाइन्छ,’ उनी भन्छन्, ‘गाउँमा श्रृंखला हेर्ने बढी हुने र त्यसको प्रभाव पर्ने भएकाले गाउँका स्रोताको बढी माया पाइन्छ ।’ संगीत उद्योगमा संघर्षविना सफलता नपाइने उनको अनुभव छ । सबैभन्दा ठूलो आफ्नो मनलाई मनाउनुपर्ने उनी बताउँछन् । ‘सबैभन्दा ठूलो आत्मसंघर्ष हो,’ उनी भन्छन्, ‘मैले यस्तो गर्छु भनेर अठोट नलिइकन काम गर्न हुँदैन ।’ उनी मनलाई जितियो भने देश जित्न सक्ने आँट आउने बताउँछन् ।
नेपालका चर्चित हाँस्य कलाकारहरुको चर्चित सिरियलमा काम गरेर थप अनुभव संगालेका उनले जिरे खुर्सानीको शीर्ष गीतलाई एकै दिनमा तयार गरेका थिए । यो उनको जीवनकै सबैभन्दा छोटो समयमा तयार गरेको गीत हो । ‘घरायसी समस्याका कारण समय थिएन,’ उनले त्यो क्षण सम्झँदै भने, ‘मलाई छिट्टै तयार गरिदिन आग्रह गरेका थिए, अनि मैले गरिदिएँ पनि ।’ हाँस्यश्रृंखलाकै कारण उनी यति चर्चामा आएको बताउँछन् । उनको अनुभवमा मेरी बाँस्सैको शीर्ष गीत उनलाई मनपर्ने र सर्वाधिक रुचाइएको गीत हो ।
प्रस्तुति ; किशोर बुढाथोकी www.facebook.com/kishmapari

Tuesday, February 11, 2014

भ्यालेन्टाइन कविता

तेस्रो शताब्दीमा रोमबाट सुरु भएको प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन डे’ एक्काइसौं शताब्दीको उत्तरार्धमा आइपुग्दा यसलाई पर्वका रुपमा लिने प्रेम जोडीहरु प्रसस्तै छन् । ‘भ्यालेन्टाइन डे’ सुरु हुनु साताअघिदेखि नै विभिन्न सामाजिक सञ्जालमा ‘रोज डे’, ‘भ्यालेन्टाइन सप्ताह’, ‘प्रपोज विक’ जस्ता विभिन्न सन्दर्भ लिएर दिवस मनाउन सुरु गरिसकिएको छ ।

सात दिनअघिबाट सुरु हुने सप्ताहमा विभिन्न सन्दर्भ दिइएको छ । जानकारहरुले पहिलो दिनलाई रोज डे, दोस्रोलाई प्रपोज डे, तेस्रोलाई चकलेट डे, चौथोलाई टेड्डी, पाँचौलाई प्रमिस, छैटौलाई हग र सातौंलाई किस डेका रुपमा लिएका छन् । साता लामो दिवसहरु सकेपछि अन्तिम एक दिनलाई भ्यालेन्टाईन डे भनेर भनिएको छ । 
यसै सन्दर्भलाई लिएर प्रेम जोडीहरुले फेब्रुअरी १४ कुरिरहेको देखिदैन । पश्चिमी सिको गर्दै नेपाल पर्वकै रुपमा नेपाल भित्रिएको यो दिवसले जिल्लामा पनि प्रभाव पारेको यसअघिका वर्षहरुले पुष्टि गरिसकेका छन् । साहित्यमार्फत प्रेमको उजागर गर्न सहज भएकै कारण हुनसक्छ फेसबुक, ट्विटरजस्ता ‘न्यू मिडिया’मा प्रेमसँग सम्बन्धित कविता, गजल, हाइकुका साथै विभिन्न अभिव्यक्तिहरु देख्न पाइन्छ । यो दिवसको सन्दर्भमा जिल्लाका साहित्यकारहरुले विभिन्न खाले साहित्य सृजनामार्फत प्रेम अभिव्यक्त गरिरहेको देखिन्छ । यो वर्ष ‘भ्यालेन्टाइन सप्ताह’ सुरु भएपछि जिल्लाका साहित्यकारहरुले साहित्यका विभिन्न विधामा आधारित रहेर अभिव्यक्ति प्रस्फुटन पनि गरेका छन् ।
उत्तेजित हुन्छन् सबै एकपल्ट उमेरमा
फक्रेका फूलका थुंगा चुम्दैन को हतारमा

फक्रेको फूल देखेर नलोभिने छ को यहाँ
चुप बस्ने जवानीमा कोही भेटिन्छ विश्वमा ?(चन्द्रप्रसाद न्यौपाने)
बृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको यो अधिव्यक्तिले युवा युवतीमाझ प्रेम आग्रह मात्र होईन प्रेम अपरिहार्य भनेर पुष्ट्याएका छन् । झण्डै चार दर्जन पुस्तकका लेखक न्यौपाने साहित्यको नौ रस मध्ये प्रेम एक रस भएकाले साहित्यमा प्रेम हुनु जरुरी मान्छन् । ‘साहित्यलाई रसिलो बनाउन प्रेम जरुरी छ,’ उनी भन्छन्, ‘पछिल्लो समय बजारमा यौन साहित्यको बजार फराकिलो देखिएकाले पनि यसले पुष्टि गर्छ ।’ उनी प्रेममा पर्नका लागि कुनै दिवसको जरुरी नभएको बताउँछन् ।
हुन पनि अहिलेका युवा युवतीले प्रेम दिवश अर्थात ‘भ्यालेन्टाईन डे’लाई महत्वपूर्ण दिनको रुपमा लिने गरेका छन् । प्रेमी प्रेमिकाले ठूलै उत्सव मान्छन् । यो दिनलाई प्रेम प्रस्ताव राख्ने दिन, प्रेम स्थापित बनाउने दिन, प्रेम साथी भएकाहरुलाई सम्बन्धी सुढृढ र बलियो बनाउने दिन मान्दै आइन्छ । विश्वव्यापी रुपमा मान्यता पाउ“दै आएको ‘भ्यालेन्टाईन डे’ नेपालमा पनि केहि वर्È देखि निकै लाकप्रिय हँुदै आएको कुरा सर्वबिदितै छ । पश्चिमी शैलीको सिको गर्दै नेपालका विÈेशतः ग्रामीण ईलाकाभन्दा शहरी Ôेत्रहरुमा यो दिवस निकै प्रचलित छ ।
पहरामा फूल्यौ तिमी मन बुझाएँ हेरेर नै
सम्झि तिमीलाई दिन बिते सँधै रोएर नै (राम केसी ‘चौतारे’)
सामाजिक विसंगतिलाई गाउँले भाषामा टपक्क टिपेर साहित्यको माला उन्नमा माहिर साहित्यकार चौतारे प्रेम साहित्यमा पनि अब्बल छन् । प्रेमकै सेरोफेरोमा रहेर गीत, गजल सृजना गर्ने उनले यो प्रणय दिवसमा रचेका एक हरफ गीतले वियोग झल्काउँछ । हुन पनि ‘भ्यालेन्टाइन डे’ नयाँ पे्रेम स्थापित गर्ने दिनको रुपमा लिइन्छ । चौतारेका यी साहित्यिक अभिव्यक्तिले प्रेममा परेका युवा युवतीलाई एक पटक झस्काउँछ ताकि प्रेम प्रस्तावका दिन अघिल्ला दिनहरुको संकेत एक पटक बुझून । आफ्नो प्रेमी÷प्रेमिकाले भोलि चौतारेकै अभिव्यक्तिलाई कण्ठस्थ गर्न नपरोस् । उसका लागि यो दिवश ‘कालो दिन’ नबनोस् ।
प्रेम गर्ने जोडीहरुका लागि वरदानै सावित भएर आएको यो दिवसमा विश्व भरिकै प्रेमिप्रेमिकाहरुले प्रेमपत्र, फूल, शुभकामना कार्डलगायत अन्य आर्कÈक प्रेमोपहारहरु दिएर मनाउने गरेको पाईएपनि अहिले त्यो रुप विस्तारै आधुनिकता तर्फ लम्कदैं गएको देखिएको छ । जस्तैः भेटेर उपहारहरु दिन सम्भव नभएमा ईमेल ईन्टरनेट, मोबाईल एसएमएस, सामाजिक सञ्जाललगायतका प्रयोगबाट आफ्ना भावनाहरु पे्रमी वा पे्रेमिकासँग साटासाट गरेर मनाउने प्रचलन बढ्दो छ । त्यसकै उदाहरण सिन्धु साहित्यकी एक नारी हस्ताक्षरले पनि गरेकी छिन् ।
केही दिन अघिदेखि
विथोलिरहेछ कसैले यो मन
खुलेनन् यस विषयमा ओठहरु
साँचो हो कि झुटो
टुङ्गो लाग्नेछ, छिट्टै । (रोजिना पराजुली)
‘भ्यालेन्टाइन सप्ताह’ सुरु भइसकेपछि स्रष्टा पराजुलीको फेसबुक वालमा देखिएको यो कवितामयी अभिव्यक्तिले उनलाई कसैले प्रेम प्रस्ताव राखेको आभाष हुन्छ । सामाजिक सञ्जालको फाइदा उठाउँदै उनले आफू दोधारमा रहेको अभिव्यक्ति दिएकी छन् ।
हुन पनि, भनिन्छ प्रेमले पापी लाई पनि सुधार्छ । प्रेमले मानिसको जीवनलाई सरस र थप रोमााचक बनाउँछ । प्रेमले शत्रु पनि मित्र बन्छ । प्रेम सबैमा हुन्छ जुन बनावटी नभई अन्र्तहृदयबाट प्रस्फुटित हुन्छ । हुन त मनमा अर्कै कुरा खेलाएर बाहिर बाहिर भने प्रेमको जात हुदैन Ôेत्र हुदैन कुनै मापदण्ड हुदैन जस्ता आदर्शका कुरा गर्ने हरुले पनि प्रेमको उपहास गरेका देखिन्छन् । वैंशमा उन्मुक्त भएर नाटकीय र बनावटी प्रेममा फस्ने र फसाउने सञ्जाल पनि वर्तमान युगमा बाक्लै छ भन्दा फरक नपर्ला । कलिलो उमेरका किशोर किशोरीहरुपनि प्रेमको नाममा अग्रजहरुको सिको गरि जान्दै नजानी र आफू अपरिपक्व नहुंदा पनि फसेका देखिन्छन् । यसरी कहि कतै प्रेमको दुरुपयोग भएको पनि देखिन्छ । स्रष्टा पराजुलीको यो साहित्यिक अभिव्यक्तिले सुझावको आसा पनि राखेको छ । कसैको प्रस्तावमा आफ्ना ओठ नखुल्नु आफू सजग भएको संकेत हो ।
अँध्यारै छन् गोरेटा यी जून बनी आऊ
तूफानको गीत गाउने धून बनी आऊ (कला अनुरागी)
साहित्यसँगै पत्रकारितालाई पनि डोहो¥याइरहेका अनुरागीले प्रस्तुत साहित्यांशमा आफ्नीलाई प्रेमको आग्रह पोखेका छन् । प्रेम सबैका लागि अपरिहार्य भएकाले परिवर्तनको संकेतसँगै समाजमा उज्यालो छर्ने गरी प्रेममा समाहित हुन उनले यो प्रणय दिवशमा यस्ता कविताशंलगायत साहित्यिक अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पस्कने गरेका छन् । उनी माया शब्द आफैमा मिठो हुने तर्क राख्छन् ।
रोमबाट आरम्भ भएको यो दिवशमा विश्वभरिकै कंयौ युवायुवतीहरु रमाउने गरेको पाईन्छ । एकपटक गईसकेपछि पुरै एक वर्È कुर्नुपर्ने यो दिवशले प्रेमको औचित्यलाई उभो“तिर धकेल्ने भएकाले यो दिवशको महत्व झन् विस्तृत रुपमा बढ्दै गएको कुरालाई नकार्न सकिदैन । ईतिहासका पाना पल्टाउ“दै जाने हो भने तेस्रो शताब्दीमा रोमका सम्राटले आफ्नो राज्यको सुरÔाको निम्ति कुनैपनि सुरÔाकर्मीले नारीस“गको संगत तथा सम्बन्ध नराख्न उर्दी जारी गरेका थिए । नारीसँगको सम्बन्धले आत्मबल कमजोर हुने हुँदा फौजी भित्रका गोप्य कुराहरु पनि बाहिर जान सक्ने सम्भावनाका डरले सुरÔाकर्मी माथि प्रेम तथा विवाहमा रोक लगाएका थिए भन्ने कुरा सुन्नमा पाइन्छ । अन्र्तहृदय देखि नै प्रस्फुटित हुने सा“चो प्रेमको लागि रोक लगाएको सूचनाले विश्वभरिका प्रेम जोडीहरु विÔिप्त वन्न पुगेका थिए भने तत्कालिन रोम राज्यको सामाजिक जीवन प्रभावित हुन पुगेको थियो तथ्य छ । प्रेमलाई कुनै वस्तुले छेक्दैन कुनै नियमले रोक्दैन सा“चो प्रेममा कुनै रोकले प्रभाव पार्दैन भन्ने सिद्धान्तका ‘भ्यालेन्टाईन’ नामक एक व्यक्तिले उक्त रोक आदेशको उल्लङघन गर्ने निर्णय लिएर थुप्रै प्रेम गरेका सुरÔाकर्मीहरुलाई विवाह बन्धनमा बा“धिदिएका थिए । भ्यालेन्टाईनको यो कामप्रति क्रोधित बनेका सम्राटले उनलाई तत्कालै मृत्युदण्डको सजाय सुनाएका थिए । भ्यालेन्टाईन आफू स्वयम् प्रेम गर्थे उन्को आफ्नी प्रेमिका पनि थिइन् । आफ्नो मृत्युदण्डको सजायँ हुनुपूर्व आफ्नो प्रेमिकालाई लेखेको पत्रमा आफू सच्चा प्रेमको लागि बलिदान दिन तयार भएको र अबका प्रेमिप्रेमिकाहरुले यस्तो परिस्थितिको सामना गर्न नपरोस् । मेरो मृत्यूपछि मलाई एक असल प्रेमिको रुपमा विश्वभरिका प्रेमजोडीहरुले स्मरण गरुन् भन्ने ईच्छा व्यक्त गरेका थिए भन्ने पाइन्छ । उनको यही इच्छालाई उनकी प्रेमिकाले मनन् गरेकी थिइन् । उनलाई फेब्रुअरी १४ मा मृत्यूदण्ड दिईएको थियो । उनको यहि इच्छालाई सार्थकतामा परिणत गर्दै मृत्यूदण्ड दिईएको दिन उनकै नाममा यो दिवस मनाउन थालिएको कुरा इतिहासले बताउ“छ । आज हामी उनै महान प्रेमी भ्यालेन्टाइनलाई सम्झेर प्रेम दिवश मनाइरहेका छौं । र, प्रेमका विषयमा खुलेर कविता कोरिरहेका छौं ।
बादलभन्दा कोमल,
नदीभन्दा निश्चल....
कुनै प्राप्तिको आशबिना पनि 
म उनलाई पाईरहेको हुन्छ ।( बिमल नेपाल)
प्रेमका विषयमा खुलेर साहित्य कोर्ने कवि विमल नेपालको यो कविताशंले वास्तविक प्रेम बोकेको छ । उनले कवितामार्फत प्राप्तिको आश विनै आफ्नी मायालुलाई प्रेम गरेको अभिव्यक्ति दिएका छन् । र, उनी सन्तुष्ट पनि छन् किनकि उनले आफ्नो प्रेमलाई आफूभित्रै समाहित गरिसकेको कवितांशले पुष्टी गरेको छ । 
प्राप्तिलाई तृप्तिसँग जोख्नू
मेरो धृष्टता होइन
मनले अह्राइरहन्छ, 
त्यसैले मलाई औधि माया छ, मोह छैन
बस्, म पेटभरि कल्पिन्छु, र काल्पनिक जीवन जिएरै पनि
एकोहोरो माया पाउँछु । (दील कार्की)
कवि नेपालजस्तै प्रेमलाई परिभाषा गर्ने मामलामा दील कार्कीपनि एउटै लाइनमा छन् । सा“चो प्रेम गर्नेहरुलाई त प्रणय दिवश बरदान सावित भएको कुरा सत्य हो । केहि उच्छृङखल जत्थाले भने यसलाई विसंगतिका रुपमा भित्राएका छन् । उनै उच्छृङखलकारीहरुको कारण आज प्रेम शब्द नै संकटका परेको आभास हुन थालेको छ । त्यस्ता आधुनिक समाजका आधुनिक मान्छेहरुले यौन तृष्णा मेट्नको लागि बनावटी प्रेम गर्ने गरेको पाईन्छ । तर कवि नेपाल र कार्कीको यी अभिव्यक्तिले कंलकिंत प्रेम गर्नेहरुलाई सजग रहन आग्रहसमेत गरेको छ । किनकि कविद्वयले प्रेम पाप्तिका लागि मात्र गरेका छैनन् ।
वास्तवमा यो दिवशमा आफूले प्रेम प्रस्ताव राख्ने र आफूले मात्र प्रेम स्थापित गर्ने दिन मात्र होइन । यो दिन आफ्ना साथीका लागि प्रेममा सहयोग गर्ने दिनको रुपमासमेत स्थापित छ । हाल बेलायतमा रहेकी जलवीरकी स्रष्टा सबी श्रेष्ठ लेख्छिन् ।
ए ! पागल प्रेमी
कविताको के कुरा
म काब्यको ठेली लेखूँला
बखानमा तिम्रो प्रमिकाको
बेली चमेली लेखुँला । (सबी श्रेष्ठ)
सबीको यो कवितामय अभिव्यक्तिले आफ्ना साथीकी प्रेमिकाका लागि सौन्दर्ययूक्त काब्य लेखेर खुशी तुल्याउने आशय बोकेको छ । साथीलाई सम्बोधन गरेको यो कविताले प्रेमिकाका लागि आफूले खुशी फर्कादिने वाचासमेत गरेको छ ।
वास्तवमा धनी, गरिब, ठूलो, सानो, जात, धर्म आदिबाट टाढा रहेर व्यवहारमा शिष्टता मायालु अनि स्वच्छ आत्माले प्रेम गरेमा सम्बन्ध मजबुत नहुने प्रश्नै उठ्दैन । जुन प्रेम यूवायूवती बीच मात्र सिमित नभई परिवारका सदस्यहरुस“ग ईष्टमित्र छरछिमेकी नातागोता तथा साथीस“गी र अपरिचित व्यक्तिहरुस“ग पनि गरिन्छ । केवल अपनाउने शैली फरक हो ।
प्रस्तुति ः किशोर बुढाथोकी